डुंगा दुर्घटनामा १० बेपत्ता

इस्तानबुल / एजेन्सी– उत्तरपश्चिमी टर्कीको एक नदीमा भएको एक डुंगा दुर्घटनामा परी कम्तीमा १० व्यक्ति बेपत्ता भएका छन् । दुर्घटनामा बेपत्ता भएका व्यक्तिहरूमा बालबालिकासमेत रहेका बताइएको छ ।

ती सबै व्यक्तिहरूले गैरकानुनी रूपमा बसाइँसराई गर्न लागेको बताइएको छ । ती सबै टर्कीको इदिर्रे प्रान्तबाट ग्रिस पुग्ने क्रममा रहेका थिए । टर्कीका सैनिकहरूका अनुसार दुर्घटना भएको सो अवस्थामा महिलाहरूको ‘मेरो बच्चालाई बचाइदेऊ’ भनेर चिच्याएको आवाज

आएको थियो । उद्धारकार्यमा कार्यरत कार्यकर्ताहरूले लुगाका केही टुक्राहरू मात्र भेट्टाएका  र सो टुक्राहरू ती गैरकानुनी आप्रवासीको हुनुपर्ने अनुमान गरिएको छ ।