फिजम कप बास्केटबल आजदेखि

काठमाडौं / रास– संस्थागत विद्यालय सञ्चालकहरूको मञ्च (फिजम) को आयोजनामा दोस्रो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ब्वाइजतर्फ १२ र गल्र्समा ८ गरी २० टिमको सहभागिता रहने केन्द्रीय प्याब्सनका सचिवसमेत रहेका फिजमका अध्यक्ष आरबी कटवालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइज टिमलाई ४ समूह तथा गल्र्सलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ ।