लालबाबु राउत प्रदेश २ को मुख्यमन्त्री नियुक्त, सपथ भोलि

जनकपुरधाम, २ फागुन । प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त भएका छन् । संघीय समाजवादी फोरम प्रदेशसभा संसदीय दलका नेता राउतलाई बुधबार प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुख कार्यालय परिसरमा आयोजित कार्यक्रममा कायश्थले राउतलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र बुझाएका थिए ।

मुख्यमन्त्री नियुक्त भएपछि राउतले विकासका लागि सबैसँग सहकार्य गर्ने र सबैको सहयोगमा प्रदेश २ लाई नमुना प्रदेश बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाए ।

मुख्यमन्त्रीको सपथ भोलि बिहीबार हुनेछ ।