ओलीलाई प्रधानमन्त्री बनाउने एमाले निर्णय

काठमाडौं, २ फागुन । संसदको सबैभन्दा ठूलो दल एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बुधबार आकस्मिक बसेको स्थायी कमिटी बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय लिएको हो । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परीणाम बुझाएलगतै माओेवादीसँग मिलेर सरकार गठनको दाबी गर्नेसमेत एमालेले निर्णय गरेको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा एमाले १२१ र माओवादी ५३ सहित प्रष्ट बहुमतमा छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ विजयी भएका सांसदहरुले भने सपथ नै लिन बाँकी छ ।