उदयपुर उवासंघमा खड्का

उदयपुर / रास– उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्कर खड्का निवार्चित भएका छन् । नवनिर्वाचित अध्यक्ष खड्काले प्रतिद्वन्द्वी राधेश्याम साहलाई १९७ मतले पछि पार्दै विजयी भएका हुन् । खड्काले ५९२ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी साहले ३३५ मत प्राप्त गरेका थिए । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा अरुणकुमार साहले ५३९, प्रथम उपाध्यक्षमा महेन्द्रलाल दास, द्वितीय उपाध्यक्षमा मुनाकुमारी कटुवाल, महासचिवमा जमानसिङ बस्नेत,सचिवमा रामकुमार चौधरी, सहसचिवमा रुद्रबाहदाुर खत्री, कोषाध्यक्षमा गोकर्ण दनुवार विजयी भएका छन् ।

नवनिवार्चित सदस्यमा द्वारिका बस्नेत खड्का, शंकरबहादुर कटुवाल, वंशीधर न्यौपाने, एकलाख खान, आनन्द महासेठ मतले विजयी भएका छन् । बाकीका सदस्यहरूमा प्रताप श्रेष्ठ, गोपी पराजुली, खम्बसिङ तामाङ र शैलेश कार्की वियजी भएका छन् ।