कोटिहवामा एनआईसी एसिया बैंक

काठमाडौं / रास– एनआईसी एसिया बैंकले रूपन्देहीको कोटिहवामा शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंक, भैरहवाका निर्देशक अशोककुमार पौडेलले सो शाखाको उद्घाटन गरेका हुन् ।

उनले शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याको आधारमा एनआईसी एसिया बैंक निजी क्षेत्रको अग्रणि बैंक रहेको दाबी गरे । कोटिहवा शाखा सञ्चालनसँगै बैंकले मुलुकभर १७३ शाखा कार्यालय, १७२ एटीएम एवं ४ एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरूमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको पनि विज्ञप्तिमा उल्लेख छ ।