डोल्पामा पहिलो शैक्षिक सत्र २०७५ शुरु

सरोज थापा / राजधानी

फागुन २ डोल्पा

डोल्पामा शैक्षिक सत्र २०७५को पहिलो चरण बुधबारबाट शुरु भएको छ । पहिलो चरणको शैक्षिक सत्रमा तल्लो डोल्पाका मुड्केचुला गाउँपालिका,जगदुल्ला गाउँपालिका,काईके गाउँपालिका,त्रिपूरा सुन्दरी नगरपालिका र ठुलीभेरि नगरपालिका गरि ५ वटा स्थानीय तहमा बुधबार देखि शुरु भएको छ । त्यसै गरि दोस्रो चरणको शैक्षिक सत्रमा माथिल्लो डोल्पाका शे–फोक्सुण्डो गाउँपालिका,डोल्पो बुद्ध गाउँपालिका र छार्काताङसोङ गरि ३ वटा स्थानीय तहमा शुरु गरिने जिल्ला शिक्षा कार्यालय डोल्पाले जनकारी दिएको छ ।

 

 

उच्च हिमाली भेकमा पर्ने डोल्पामा र्दुवटा शैक्षिक सत्र हुने गर्दछ । मथिल्लो डोल्पामा हिमपात हुने चिसो बढि हुने भएको कारण बैशाख पहिलो साता देखि दोस्रो चरणको शैक्षिक सत्र र बिद्यार्थी भर्ना अभियान हुने जिल्ला शिक्षा कार्यालय डोल्पाले जनकारी दिएको छ । शैक्षिक सत्र र भर्ना अभियान पछि भए पनि नियमानुसार पढाइ भने एक हजार घण्टा ुहने गरेको शिक्षा कार्यालयका दावी रहेको छ ।
माथिल्लो डोल्पामा बैशाख देखि कार्तिक मसान्त सम्म शनिबार बाहेक अन्य सरकार कुनै पनि बिदाहरुमा बिदा नदिएर पढाई हुने भएकोले पनि पर्ढामा समस्या नआउने गरेको शिक्षा कार्यालयको भनाइ रहेको छ । बिद्यालयलाई निरन्तर सञ्चालनमा राखेर अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने शिक्षा दिनु पर्नेमा शिक्षकहरु लाग्नु पर्ने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले प्रधानध्यापकहरुलाई निर्देशन दिएका छन । उनले नेपाल सरकारको पदग्रहण गरेका कुनै पनि कर्मचारीले नागरिकले प्रश्न खडा गर्ने काम गर्न नुहने भन्दै शिक्षा जस्तो पेशालाई पवित्र बनाउन प्रजिअ थापाले आग्रह गरे ।