प्रदेश प्रमुखद्धारा मुख्यमन्त्री नियुक्तिबारे दलहरुसंग छलफल

सुरेश पन्त / राजधानी
धनगढी, २ फागुन

प्रदेश नं ७ का प्रदेश प्रमुख मोहनराज मल्लले बुधवार मुख्य मन्त्रीका लागि दावी पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आव्हान गर्नु भएको छ । प्रदेश प्रमुखको कार्यालय धनगढीले नेपालको संविधान २०७२ को धारा १८६ को उपधारा २ बमोजिम प्रदेशसभा सदस्यको बहुमत सर्मथन स्पष्ट देखिने गरी फागुन ४ गते दिउसो ११ बजे भित्र प्रदेश प्रमुखको कार्यालयमा दावी पेश गर्न भनिएको छ । प्रदेश नं ७ मा कुनैपनि दलको स्पष्ट बहुमत नदेखिएकाले यसरी बहुमत सहित दावी पेश गर्न भनिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव हिरालाल चौधरीले बताउनु भयो । उहाले मुख्यमन्त्री नियुक्ति र प्रदेश सरकार गठनबारे राजनीतिक दलहरुसंग प्रदेश प्रमुख मोहनराज मल्लले बुधवार नै आफ्नो कार्यालयमा बोलाएर छलफल समेत गर्नु भएको छ ।  प्रदेश नम्बर ७ मा एमालेका २५ माओवादी केन्द्रका १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद हुनुहुन्छ ।

प्रदेश सातको मुख्यमन्त्रीमा भट्टको उम्मेदवारी

प्रदेश नम्बर ७ को मुख्यमन्त्रीका लागि माओवादी नेता त्रिलोचन भट्टले दाबी पेश गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बहुमत ३५ जना सदस्यको हस्ताक्षरसहित भट्टले प्रदेश प्रमुख मोहनराज मल्लसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् ।
डोटी प्रदेश सभा ख बाट निर्वा्चित भएका भट्टलाई लामो विवादकाबीच माओवादी केन्द्रले संसदीय दलको नेता बनाएको थियो । वाम गठबन्धनबाट माओवादी केन्द्रको भागमा प्रदेश ६ र ७ को मुख्यमन्त्री परेको छ ।