अमरगढी नगरपालिका लामो समय देखि प्रमुख प्रशासकीय अधिकृत विहिन

राजधानी समाचार
डडेल्धुरा २९,  माघ

डडेल्धुराको जेठो नगरपालिका अमरगढीले आर्थिक बर्ष २०७४÷०७५ मा प्रमुख प्रशासकीय अधिकृतनै पाएको छैन । आर्थिक बर्षको ७ महिना बित्नै लाग्दा पनि नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत नपाएपछि सेवाग्राही समस्यामा छन् ।
अमरगढी नगरपालिका हाल निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा प्राबिधिक कर्मचारीका भरमा सञ्चालन भइरहेको छ । स्थानीय निर्वाचन सम्पन्न भइ जनप्रतिनिधी आएको तीनमहिनामै नै प्रमुख विहीन भएको अमरगढी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पद सिर्जना भएदेखि नै निमित्त प्रमुखको भरमा नियमित कार्यालय सञ्चालन हुदै आएको हो ।

नँया आर्थिक बर्षको आधा बढि समय बितिसक्दा पनि प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रिक्त रहदा विकास निर्माणका योजनालगायत नगरपालिले प्रवाह गर्ने सेवा सुविधाहरु प्रभावित भएका छन् । प्रमुख प्रशासकीय अधिकृत अभावमा दैनिक कार्य सञ्चालनमा कठिनाई भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत कविन्द्र भट्टले बताए ।
“चालु आर्थिक बर्षको हालसम्म प्रमुख प्रशासकीय अधिकृत कार्यालयले पाउन सकेको छैन ।” उनले भने, “निर्वाचित जनप्रतिनिधीले मलाई नै निमित्त प्रमुख बनाएपछि अहिले सम्म काम सञ्चालन भईरहेका छन । जसले गर्दा काममा ढिलासुस्ती हुनुसंगै विकास निर्माणका काम र कार्यालयले प्रवाह गर्ने सेवामा समस्या उत्पन्न भइरहेको छ ।”

चालु आर्थिक बर्षको ७ महिना बित्नै लाग्दा हालसम्म २५ प्रतिशत मात्रै विकास निर्माणका काम सम्पन्न भएको अमरगढी नगरपालिकाले जनाएकोछ । नगर कार्यपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत नहुनु, जनप्रतिनिधीहरुको आपसी असमझदारीले दुई महिना सम्म कार्यालयमा तालाबन्दी गरिनुलगायतका कारणले हालसम्म २५ प्रतिशित मात्रै विकासका काम सम्पन्न भएको उनले बताए । कार्यालयले प्रमुख प्रशासकीय अधिकृत पाउन नसक्नु सरकारकै कमजोरी रहेको नगर उपप्रमुख संगिता भण्डारी गिरीले बताईन । “हामीले सरकारलाई बारम्बार प्रमुख प्रशासकीय अधिकृतको मागगर्दै आए पनि सरकारले कुनै सुनुवाई नगरेका कारण कार्यालयले हालसम्म प्रमुख प्रशासकीय अधिकृत पाउन सकेको छैन,” उनले भन्नि ।
“हामीले प्रयास गर्ने हो ग¥यौ, गरिरहेकै छौ तर, सरकारले प्रमुख प्रशासकीय अधिकृत अहिले सम्म पठाउन सकेन, यसले कार्यालय सञ्चालनमा कठिनाई उत्पन्न गरेको छ ।” नगर उपप्रमुख भण्डारी भन्नि “कानुन सम्मत रुपमा प्राबिधिकलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिनै मिल्दैन, तर वाध्यताका कारण प्रावधिकलाई निमित्त प्रमुख तोकेर कार्यसम्पादन भइरहेका छौं ।”

अमरगढी नगपालिकामा हालसम्म पूर्ण रुपमा वडा कार्यालय स्थापना हुन सकेका छैन्न । वडा सचिवको अभाव, कार्यालय स्थापनाका लागी भवन अभावका कारण वडा कार्यालयहरु स्थापना हुन नसकेका हुन । ११ वडा रहेको नगरपालिकासंग अहिले ६ जना मात्रै वडा सचिव छन । एक जना सचिव वडा नं. ५ नगरपालिकाको कार्यालयमा नै आवश्यक हुने र काजमा रहेका सचिवहरु कार्यालयमै उपस्थित नहुने भएकाले वडा कार्यालय स्थापना गर्न नसकिएको हो ।
हाल वडा नं. १० ले वडा कार्यालय स्थापनागरि सामान्य सिफारिस सम्म गर्ने गरेको छ भने, वडा नं. १,३,४, र ७ मा कर्मचारी खटाईएको उनले बताईन । सिंहदरबारका सबै अधिकार गाँउ गाँउमा, जनताको अधिकार जनताकै हातमा भनी स्थानीय निकायको निर्वाचनबाट गरिएको संघियताको अभ्यासको आठ महिना पुगि सके पनि जनताले सोचे अनुसारको घर आगनमै सेवा सुबिधा भने पाउन सकेका छैन्न । अमरगढी नगरपालिकाको एउटै कोठाबाट थुप्रै वडा कार्यालयको काम सञ्चालन गर्नुपर्ने बाध्यताका कारण सेवा ग्राहीले सास्ती खेप्दै आएका छन । दुई नगरपालिका र पाँच वटा गाँउपालिका गरी सात वटा स्थानीय तह रहेको डडेल्धुराका गाँउपालिहरुको हालत पनि उस्तै छ । जिल्लाका अधिकांस गाँउपालिकाले टहरा निर्माणगरि कार्यालय सञ्चालन गरिरहेका छन भने जनशक्ति अभाव देखिएको छ ।