बैकिङ जोन बन्दै चरिकोट

दीपशंकर चौलागाई  / राजधानी दैनिक
दोलखा २९ माघ ।

दोलखाको मुख्य ब्यापारिक केन्द्र चरिकोट पछिल्लो समय बैकिङ्ग जोन बन्दै गएको छ । कृषि ,जलबिद्युत ,पर्यटन,र ब्यापारिक रुपमा प्रशस्त सम्भावाना बोकेले यो क्षेत्र बैकिङ्ग जोनको रुपमा स्थापित हुदै गएको हो ।  पछिल्लो तिन बर्ष यता सदरमुकाम चरिकटमा क बर्गका १७ र तिनवटा विकास बैक गरि २० बैकका शाखाहरु स्थापना भएको दोलखा उद्योग बाणिज्य संघले जनाएको छ । संघका महासचिव इन्द्र श्रेष्ठले भने यहाँका सबै बैंकहरुले ब्यापारिक कर्जा र होम लोनमा मात्र अत्याधिक लगानी गरिएकोले आम नागरिकहरु यसबाट लावान्वित हुन सकेका छैनन् । उनी भन्छन आमनागरिकलाई आर्थिक सम्वृद्धीका लागी बैंकहरुले कृषि ,जलबिद्युत ,पर्यटन र शैक्षिक जस्ता क्षेत्रमा बढी भन्दा बढी लगानी गर्न आवश्यक रहेको छ ।

पछिल्लो समयमा सवारीका साधानहरु खरिद गर्न सहजरुपमा बैंकहरुले लगानी गरेको समेत श्रेष्ठले बताए । राज्यको लिएको एक स्थानिय तहमा एक बैक नीतिलाई समेत ध्यानमा राखेर एकै ठाउमा थुप्रिएका बैकका शाखाहरु बिकेन्द्रीत हुन आवश्यक रहेको महासचिवको भनाई रहेको छ ।
सदरमुकाममा रहेका बैंकहरुले गाउँको घित्तो नलिएका कारण गाउँका सम्भावानाहरु ओझेलमा परेको श्रेष्ठले दुखेसो पोखे । बजार क्षेत्रको मात्र धितो लिने बैंकको नियमलाई खारेज गरि नागरिक मैत्रि बिनियम बनाउन समेत महासचिव श्रेष्ठले आग्रह गरे ।
यता,नेपाल बैक लिमिटेड चरिकोट शाखाका प्रबन्धक बिदुर थापाले चौतर्फी रुपमा सडक निमार्ण भएकोले पहाडी क्षेत्र निक्षेप केन्द्रका रुपमा बिस्तार भएको बताए । उनले भने कर्जाको ८० प्रतिशत ब्यापार,१० प्रतिशत निमार्ण,५ प्रतिशत कृषि, ५ प्रतिशत पर्यटन क्षेत्रमा लगानी गरेका छौं । सबै बैकहरु सदरमुकाम केन्द्रित भएर बस्दा अस्वास्थ प्रतिस्पर्धा भएको थापाले बताए ।

दोलखा जिल्लाको जेठो बैक भएकोले यस बैकबाट ९० प्रतिशत सरकारी कारोबार हुने गरेकोछ । “जिल्लामा अन्य बैकको तुलनामा नेपाल बैक लिमिटेड चरिकोट नागरिकको बिश्वासिलो बैकका रुपमा परिचित छ ।” भीमेश्वर नगरपालिका ३ मा ब्यापारी दिपक सापकोटाले भने ।
चरिकोटमा बैंकको शाखा खोली कारोबार गर्दै आएको नविल बैक चरिकोटले दोलखा जिल्ला मात्र करिब ७० करोड कर्जा लगानी गरेको जनाएकोछ । शाखाका प्रबन्धक सन्तोष भट्टराईले ५५ प्रतिशत ब्यापार,२८ प्रतिशत होम लोन , ८ प्रतिशत कृषि,४ प्रतिशत शैक्षिक, ५ प्रतिशत पर्यटन क्षेत्र कर्जा लगानी गरेको बताए।
छिटो छरितो नागरिकलाई सेवा दिने बैंकका रुपमा परिचित प्रभु बैंकले २५ करोड होम लोन,११ करोड ब्यापारिक कर्जा,३८ लाख कृषि कर्जा,१५ लाख पर्यटन क्षेत्रमा कर्जा लगानी गरेको छ । प्रभु बैंक चरिकोटका हाखा प्रबन्धक पुरुषोतम बस्नेतले भने हामीले प्रिभिलेज बैंकिङ सेवा समेत सुरु गरेकाछौ । यो अन्य बैंकको भन्दा फरक छ,उनले भने ।

अहिले चरिकोटमा नेपाल बैंक लि,राष्टिय बाणिज्य बैक,कृषि विकास बैंक, नविल बैक,प्रभु,लक्ष्मी बैक, टुरिजम बैंक ,सिद्धार्थ बैंक,एनसी सी बैंक,महालक्ष्मी बैंक,सिन्धु बैंक,आईडी बैंक,एनआसी एशिया बैंक, प्राइम बैंक,सिटीजन बैंक, सूर्य विकास बैंक ,अरनिको बैंक ,लघुवित्तिय बैंकहरुले शाखा स्थापना गरि बैकिङ कारोबार गरि रहेकाछन ।