सानिमा बैंकका सात नयाँ शाखा विस्तार

काठमाडौं / रास– सानिमा बैंक लिमिटेडले डडेल्धुराको अमरगढी, कैलालीको टीकापुर, पाल्पाको तान्सेन, उदयपुरको गाईघाट, सप्तरीको राजविराज, इलामको माई र इलाम गरी सातवटा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । ती शाखामध्ये अमरगढी र टीकापुर शाखा कार्यालयको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक हरिवंश आचार्य र सञ्चालक भरतबहादुर थापाले संयुक्त रूपमा गरेका हुन् । तानसेन शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवद्र्धकद्वय महजोडी तथा सञ्चालक थापाले संयुक्त रूपमा गरेका हुन् । सो अवसरमा सानिमा बैंकका सञ्चालक थापाले ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागि बैंकले शाखा विस्तार गर्दै जाने नीति लिएको बताए ।

ग्राहक तथा सम्पूर्ण सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै थप शाखाबाट ग्राहकलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता पनि व्यक्त गरे । बैंकको हाल ५८ शाखा, एउटा एक्सटेन्सन काउन्टर र ६७ एटीएम रहेको छ ।