सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग

काठमाडौं / रास– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले ५० हजारको चेक पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वरप्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

उक्त सहयोग रकम उपयुक्त कक्षको निर्माण, व्यवस्थापन तथा सञ्चालनका लागि प्रयोग गरिने कुरा पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष पोखरेलले जानकारी गराए । बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले युवा पुस्तामा पुस्तक पढ्ने बानीमा ह्रास आउँँदै गरेको अवस्थामा समयानुकूल प्रविधिको उपयोग गरी पुस्तकालय सञ्चालन गर्नुपर्ने कुरामा जोड दिए ।

हरेक वर्ष बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसैको निरन्तरतास्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी गराइएको पनि बैंकले जनाएको छ ।