लालीगुराँस बहुउद्देश्यीय सहकारीको अध्यक्षमा भण्डारी

काठमाडौंं / रास– नेपाल बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको पाँचौं साधारण सभाले लालीगुराँस बहुउद्देश्यीय सहकारीको अध्यक्षमा सुरेन्द्र भण्डारीलाई चयन गरेको छ । त्स्तै, उपाध्यक्षमा नारायणभक्त श्रेष्ठ, सचिवमा माधवप्रसाद तिमल्सिना, कोषाध्यक्षमा पुष्पबहादुर पौडेल निर्वाचित भएका छन् ।

संघका सदस्यमा विनकाहजुरी विष्ट, तुलसीप्रसाद सापकोटा, जीवनकुमार राई, पार्वती थापा, तारा गुरुङ, नरेन्द्र विष्ट, बलराम खनाल र शरदकुमार महर्जन निर्वाचित भएका छन् । भण्डारीले आगामी दिनमा वित्तीय कारोबारलाई अझ सशक्त रूपमा अघि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

उनले ग्राहकको हितलाई ध्यानमा राखेर ग्राहकमैत्री स्किम सञ्चालनमा ल्याउनेतर्फ जोड दिँदै भोलिका दिनमा यसको अवस्था थप मजबुत हुने दाबी गरेका छन् ।