ताप्लेजुङमा महिन्द्राको सर्भिस सेन्टर

काठमाडौंं / रास– अग्नि गु्रपले महिन्द्रा गाडीका लागि सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सेवा प्रदान गर्ने उद्देश्यसहित ताप्लेजुङमा आधिकारिक सोरुम विस्तार गरेको छ ।

ताप्लेजुङको सोरुम सांसद बलबहादुर सम्सोहाङ, महिन्द्राका सर्भिस कन्ट्री म्यानेजर तपस पट्नायक, अग्नि इन्कर्पोरेटेडका कार्यकारी अधिकृत रामेश्वर महर्जन तथा अग्नि इन्कर्पोरेटेडका सर्भिस हेड अमित चौधरीले सामूहिक रूपमा गरेका हुन् ।

कम्पनीले ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्ट्सको सर्वसुलभतातर्फ पनि विशेष ध्यान दिएको जनाएको छ ।