सभामुखका चुनौती र अवसर

सभामुखका चुनौती र अवसर

 

 

संघीय संसद्को पहिलो सभामुखको जिम्मेवारी नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको काँधमा आइसकेको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेससमेतको समर्थनमा उनी सर्वसम्मत चुनिएसँगै अब उनी संसद्को साझा सम्पत्ति बनेका छन् । दलीय हैसियतभन्दा माथि उठेर नयाँ संविधानको भावना र मर्मसँगै संसद्को रथ कुशलतापूर्वक हाक्ने महŒवपूर्ण अवसर अब उनीसामु छ । कुशल संगठक, पाँच पटकसम्म विभिन्न मन्त्रालय सम्हालेको अनुभव र पार्टीभित्र कुटिल तर नरम स्वभावको छवि बनाएका महराका लागि यो चुनौतीभन्दा ठूलो अवसर हो ।

सभामुखका रूपमा जिम्मेवारी सम्हाल्दै गर्दा उनको शिक्षक पृष्ठभूमिदेखि क्रान्तिकारी नेता हुँदै शान्ति प्रक्रियासम्ममा लिएको नेतृत्वदायी भूमिकालाई स्मरण गर्नुपर्छ । पहिलोपटक सशस्त्र विद्रोहीका तर्फबाट वार्ताका लागि सार्वजनिक भएयता उनले कहिल्यै बिनापद बस्नु परेको छैन । यसका पछि पार्टीभित्र उनले बनाएको स्थान र अन्तरदल समन्वय महŒवपूर्ण रहे । छिमेकीदेखि प्रतिद्वन्द्वीसम्मलाई रिझाउने उनको कला छ । संसद्को नेतृत्वका लागि यो कला नै सफलताको महŒवपूर्ण सूत्र हुन सक्छ ।

संसद्मा यसपटक पाँचवटा मात्र राष्ट्रिय दल छन् । विगतमा ३३ वटासम्म दलीय प्रतिनिधित्व रूपान्तरित संसद्मा थियो । त्यसको समन्वय गर्ने क्रममा तत्कालीन सभामुखद्वय सुभाषचन्द्र नेम्वाङ र ओनसरी घर्तीले निकै पापड बेल्नुप¥यो । संसद्भित्र बसेर बैठक चलाउनु ठूलो कुरा होइन । संसद्को व्यवस्थापकीय कार्यदेखि दलहरू विभाजित हुँदा रसायनको भूमिकामा पनि सभामुख निर्णायक हुन्छन् । विगतका सभामुखले दलहरूलाई मिलाउन लिएको अग्रसरताले पनि यसको जरुरत भविष्यमा पटकपटक पर्ने देखाइरहेको छ । मिलनको सम्मुख रहेका क्रमशः दुई ठूला दल एमाले र माओवादी केन्द्रले महरालाई रोज्दै गर्दा कांग्रेस पनि खुसी हुनुका पछि महराको व्यक्तित्व मानिएको छ । तर विपक्षीसँग विकल्प नभएको अवस्थाबीच सभामुखलाई साझा बनाउने चाहना पनि देखिन्छ । महराले यो आशालाई थेग्ने सामथ्र्य राख्न सके उनको आगामी पाँच वर्षे कार्यकाल संसद्का लागि सुखद बन्नेछ ।

संसद्मा बोल्ने पालोका विषयमा होस् या संसदीय प्रक्रियाका विषयमा होस्, सभामुखको अन्तिम र नेतृत्वदायी भूमिका रहन्छ । विपक्षीलाई दिने स्थानदेखि संसद्भित्र हुने अराजक गतिविधि नियन्त्रणमा उनी खरो उत्रन सक्नुपर्छ । विगतमा हाजिर गरेर भाग्नेदेखि मर्यदामा नबस्नेसम्मका अभ्यास अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र भए । महराले यसपटक यस्ता कार्यमा लगाम लगाउन सकेनन् भने संसदीय गरिमाप्रति वितृष्णा बढ्न सक्छ । संसदीय पद्धतिप्रतिको अविश्वाससँगै संसद्भित्रै हुने बहिष्कार, घेराउजस्ता भद्र आन्दोलन र अवज्ञाजस्ता विषयमा तत्काल मध्यमार्गी निकास दिन सक्ने क्षमताले नै उनको सफलता निर्धारण गर्ने हो । पटकपटक सांसद् भइसकेको अनुभव र लामो राजनीतिक अनुभव उनका लागि सुखद पक्ष हुन् । यी सबै पक्षको उचित संयोजनमार्फत
संसद्भित्र आइपर्ने चुनौतीलाई सामना गर्न सके उनले यो अवसरलाई ऐतिहासिक रूपमा निर्वाह गरेको ठहरिनेछ ।