इतिहासकै बलियो सरकार , प्रधानमन्त्रीमाथि ७५ प्रतिशत सांसदको विश्वास

टेनिस रोका / काठमाडौं

नेपालको इतिहासमै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सबैभन्दा बलियो सरकार बनेको छ । करिब ६ दशकपछि तीन चौथाइ बढी जननिर्वाचित सांसदको विश्वास मत ओली सरकारलाई जुटेको छ भने इतिहासमै सबैभन्दा बलियो जननिर्वाचित सरकारसमेत बनेको हो ।

एमाले अध्यक्षसमेत रहेका ओलीले जननिर्वाचित प्रतिनिधिसभाको कुल २७५ सांसद संख्याको ७५ प्रतिशत बढी सांसदको विश्वास मत पाएसँगै नेपालको इतिहासमै सबैभन्दा बलियो र २०१५ को आम निर्वाचनपछि बीपी कोइराला नेतृत्वको सरकारपछि दुई तिहाइ सांसदको समर्थनमा बन्ने दोस्रो शक्तिशाली सरकार बनेको हो । २०१५ सालमा प्रतिनिधिसभामा नेपाली कांग्रेसले १०८ सिटमध्ये ७४ सिट हासिल गर्दै कोइराला नेतृत्वमा सरकार गठन गरेको थियो । सो सरकारमा ६८ दशमलव ५१ प्रतिशतको समर्थन थियो । तर राजा महेन्द्रले विशेष अधिकार प्रयोग गरेर १८ महिनामै संविधान र सरकार भंग गरेका थिए ।

समर्थनमा

 

नेकपा एमाले १२१

नेकपा माओवादी केन्द्र       ५२ (सभामुखबाहेक)

राजपा १६

(रेशम चौधरीबाहेक)

संघीय समाजवादी     १६

राजेन्द्र लिङ्देन (राप्रपा)      १

दुर्गा पौडेल (राष्ट्रिय जनमोर्चा)       १

छक्कबहादुर लामा (स्वतन्त्र)   १

जम्मा  २०८

विपक्षमा

कांग्रेस ६०

अनुपस्थित

बाबुराम भट्टराई (नयाँ शक्ति) १

प्रेम सुवाल (नेमकिपा) १

 

ओली सरकारलाई भने २७५ सिटमध्ये २०८ सांसदको समर्थन जुटेको छ । उक्त संख्या ७५ दशमलव ६३ प्रतिशत हो । नेकपा माओवादी केन्द्रको समर्थनमा गत ३ फागुनमा प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिसभाको बैठकमा विश्वासको मत लिए ।
ओलीले राष्ट्रिय चार दल र तीन स्वतन्त्रसहित २०८ सांसदको विश्वासको मत पाए । विश्वासको मतका लागि भएको निर्वाचनमा २६८ सांसद उपस्थित भएका थिए । नेपाली कांग्रेसका ६० जना सांसदले भने विपक्षमा मतदान गरेका थिए ।
ओलीलाई नेकपा एमाले १२१, नेकपा माओवादी केन्द्र ५३, राष्ट्रिय जनता पार्टी नेपाल १६, संघीय समाजवादी फोरम १६, कुमार लिङ्ग्देन (राष्ट्रिय प्रजातन्त्र पार्टी) १, दुर्गा पौडेल (राष्ट्रिय जनमोर्चा) १, छक्कबहादुर लामा (स्वतन्त्र) १ सांसदले विश्वासको मत दिए । प्रधानमन्त्री ओलीलाई २१० मत पाउनुपर्नेमा सभामुखको एक मत र राजापाका सांसद रेशम चौधरी प्रहरी नियन्त्रणमा रहेकाले उनको मत आएन ।
प्रधानमन्त्री ओलीको विपक्षमा प्रतिनिधिसभाको दोस्रो दल नेपाली कांग्रेसका ६० जना सांसदले मत जाहेर गरे । कांग्रेसका ६३ सांसदमध्ये तीन जना अनुपस्थित रहे ।

नेपाल मजदुर किसान पार्टीका तर्फबाट स्वतन्त्र हैसियतमा प्रतिनिधिसभाका सांसद प्रेम सुवाल बैठकमा उपस्थित भएर छलफलमा सहभागी भए पनि मतदानमा भने सहभागी भएनन् । उनले सत्ता र प्रतिपक्ष दुवैलाई विश्वास गर्न नसकेका कारण आफू मतदान प्रक्रियामा सहभागी नभएको बताए ।
नयाँ शक्तिका संयोजकसमेत रहेका स्वतन्त्र सांसद डा. बाबुराम भट्टराई स्वदेशमा नभएकाले बैठकमा अनुपस्थित रहे ।
विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताको सन्देश दिनका लागि समर्थनमा मत दिन कांग्रेसहित अन्य दललाई आग्रह गरेका थिए । नेपाली कांग्रेसले प्रतिपक्षबिनाको संसद् परिकल्पना गर्न नसकिने भन्दै गुण र दोषका आधारमा समर्थन गर्ने जनाउँदै विपक्षमा मतदान गरेको थियो ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई तिहाइ सांसदको सरकार रहेको भन्दै चाँडो नतिजा देखिने काम थाल्न सुझावसमेत दिएका थिए । जनताले अराजकता, बेतिथि, भ्रष्टाचारको अन्त्य र विकासको युग सुरु गर्न भनेर मत दिएको उल्लेख गर्दै भाषणबाट भन्दा पनि कामबाट नतिजा देखाउनुपर्नेमा जोड दिएका थिए । जनताले वाम गठबन्धनलाई दिएको झन्डै दुई तिहाइ मत शान्ति, स्थिरता र सुशासन कायम गर्ने अवसर भएको उनको भनाइ थियो ।
कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारले आफ्नो पार्टी संसद्मा ‘वाच डग’ को रूपमा रहने र गुण र दोषका आधारमा सरकारको समर्थन र विरोध गर्ने स्पष्ट पारे ।‘संसदीय पद्धतिमा प्रतिपक्षीबिनाको सदन कल्पना गर्न सकिँदैन,’ उनले भने, ‘सरकारको गुण र दोषका आधारमा हाम्रो समर्थन हुन्छ, अहिले समर्थन गर्दिनौं ।’

प्रतिबद्धताबाट तलमाथि गर्दिनँ :  प्रधानमन्त्री

 

k|wfgdGqL cf]nL
k|wfgdGqL s]kL zdf{ cf]nL cfOtaf/ a;]sf] k|ltlglw;efsf] a}7sdf cfˆgf] kIfdf ljZjf;sf] dt lbg cfu|x ug{‘x’Fb} . tl:a/M /Tg >]i7, /f;;

 

काठमाडौं / रास– प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा जनतासामु गरेको प्रतिबद्धताभन्दा अलिकति पनि तलमाथि नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जनतासामु गरेका सबै प्रतिबद्धता पूरा गरेरै छाड्ने उल्लेख गर्दै उनले परिणाममा विश्वास गर्ने र देशको अर्थतन्त्रमा सकारात्मक परिणाम निकालेरै छाड्ने अठोट व्यक्त गरे । ‘म प्रधानमन्त्रीका लागि प्रधानमन्त्री भएको होइन । म भ्रष्टाचार गर्न प्रधानमन्त्री भएको होइन,’ उनले भने, ‘म जनताको सेवक हुन चाहन्छु । म दमनकारी होइन, सबैलाई समान व्यवहार गर्छु ।’जनताको जीवनमा परिवर्तन ल्याउने गरी वर्तमान सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आफ्नो प्रतिबद्धतामा कुनै पनि कमी नआउने बताए ।

ओलीले आफू जनताको सेवक भएर काम गर्ने समेत बताएका छन् । उनले आफू एमाले र माओवादी केन्द्रको मात्रै प्रधानमन्त्री नभई नेपालको प्रधानमन्त्री भएकाले कुनै पनि शंका नगर्न अनुरोध गरे ।
‘म प्रधानमन्त्री एमालेको होइन, एमाले र माओवादी केन्द्रको मात्र होइन, नेपालको प्रधानमन्त्री हो । म त्यहीअनुसार काम गर्छु,’ उनले भने, ‘एमाले र माओवादी केन्द्रको तालमेलको नीतिअनुसार मलाई प्रधानमन्त्रीमा पठाएको हो । तर म अहिले देशको प्रधानमन्त्री हो ।’
उनले सरकारले लक्ष्य तोकेर र योजना बनाएर अगाडि बढ्ने भन्दै के गर्दा मुलुकको पक्षमा काम हुन्छ, त्यही गर्ने बताए ।
लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई अंगीकार गर्दै, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, समावेशिता, समानुपातिक प्रतिनिधित्व र त्यसका लागि आवश्यक पर्ने कार्यहरू, आवधिक निर्वाचन प्रतिपक्ष हुने अधिकारसहितको राजनीतिक प्रणाली स्थापना भएको प्रधानमन्त्रीको भनाइ थियो ।