एमाले निर्णय : राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना उम्मेदवार

काठमाडौं, २८ फागुन । नेकपा एमालेले राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले राष्ट्रियसभा अध्यक्षमा पर्वतको जिल्ला सभापति भइसकेका एमाले प्रदेश नम्बर ४ का सहसंयोजक तिमिल्सिनालाई उठाउने निर्णय गरेको हो । उनी प्रदेश ४ बाट राष्ट्रियसभामा एमालेबाट निर्वाचित व्यक्ति हुन् । अध्यक्षको निर्वाचन बुधबार हुनेछ ।