दुर्घटनाग्रस्त जहाजमा ७१ जना रहेको पुष्टि, १४ को उद्धार

काठमाडौ, २८ फागुन । बंगलादेशको ढाकाबाट काठमाडौं आइरहेको युएस बंगलाको जहाजमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ । जसमध्ये १४ जनाको उद्धार गरी अस्पताल लगिएको छ ।

विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चालक दलका चार सदस्य गरी ७१ जना थिए ।
बम्बार्डियरको ड्यास ८ क्यू ४०० जहाज अवतरणको क्रममा दिउँसो २ बजेर २० मिनेट जाँदा दुर्घटनामा परेको हो ।

विमानमा लागेको आगो नियन्त्रणमा ल्याइसकिएको छ ।