धावनमार्गमै जल्यो यूएस बंगला विमान , ४९ को मृत्यु, २२ घाइते, केही गम्भीर

 

मधुजंग पाण्डे / काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो यूएस बंगलादेश एयरलाइन्सको विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित ४९ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । घाइते केहीको अवस्था गम्भीर छ ।
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको सो विमान सोमबार दिउँसो २ बजेर १८ मिनेट जाँदा अवतरणका क्रममा दुर्घटनामा परेको हो । बीएस–२११
‘कल साइन’ को सो विमान अवतरणका क्रममा अनियन्त्रित भई धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो ।


दुर्घटनाग्रस्त सो विमानमा चालक दलका सदस्यसहित ७१ जना सवार थिए । अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले दुर्घटनामा परेको विमानमा ६७ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी कुल ७१ जना रहेको बताए । दुर्घटनाग्रस्त विमानमा ३३ जना नेपाली यात्रु सवार थिए ।

विमानस्थल कार्यालयका अनुसार चालक दलका सदस्यसहित सो विमानमा सवार कुल ७१ जनामध्ये २१ जना घाइतेको उपचार भइरहेको छ भने एक जना अझै भेटिएका छैनन् । घाइतेहरूको धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पताल, केएमसी, नर्भिक र ओम अस्पतालमा उपचार भइरहेको छ । कुल ७१ जनामध्ये ३३ जना स्वदेशी र २३ जना विदेशी रहेका छन् । विमानस्थल कार्यालयका अनुसार ३३ नेपाली, ३१ बंगालादेशी, १ चिनियाँ र २ मालदिभ्सका नागरिक विमानस्थलमा सवार थिए ।
सो विमान दुर्घटना भएलगत्तै विमानस्थल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले उद्धार कार्यको निरीक्षण गर्दै आवश्यक निर्देशन दिएका थिए । प्रधानमन्त्री ओलीले विमान दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने बताउँदै घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने बताए । सो विमान दुर्घटनामा परेको निकै समयसम्म सम्पूर्ण उडान सेवा अवरुद्ध भएको थियो । साँझ ५ बजेबाट अन्तर्राष्ट्रिय तथा अन्तरिक उडानहरू पुनः सञ्चालन भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानमा सवार यात्रु

विमानमा चालक दलका चारसहित ७१ जना सवार थिए । जसमा ३३ नेपाली, ३२ बंगलादेशी तथा मालदिभ्स र चीनका एक÷एक जना रहेका थिए ।

नेपाली नागरिक
शिला बजगाईं
अल्जिना बराल
चारु बराल
सोविन्द्रसिंह बोहरा
वसन्त बोहरा
समिरा व्यञ्जनकार
प्रवीन चित्रकार
सजना देवकोटा
प्रिन्सी धामी
ज्ञानीकुमारी गुरुङ
दिनेश हुमागाईं
श्रेया झा
पूर्णिमा लोहनी
मिली महर्जन
निगा महर्जन
सञ्जय महर्जन
केशव पाण्डे
प्रसन्न पाण्डे
विनोदराज पौड्याल
हरिशंकर पौडेल
सञ्जय पौडेल
आशिष रञ्जित
कृष्णकुमार सहनी
आश्ना शाक्य
सनम शाक्य
एञ्जिला श्रेष्ठ
सरुना श्रेष्ठ
हरिप्रसाद सुवेदी
दयाराम ताम्राकार
डा. बालकृष्ण थापा
स्वेता थापा
किशोर त्रिपाठी
अवधेशकुमार यादव

बंगलादेशी नागरिक
फैसल महम्मद
सहरिन अहमद
इकुव अली
फुज्जमान अली
अल्मुन नहर एन्नी
बिल्किस एरा
बेगम हुरुन नहर बिल्क्विस बानु
एमएसटी अख्तरा बेगम
एमडी साहिन बेपारी
नाजिया अफ्रिन चौधरी
एमडी रिज्वनुल हक
एमडी रोकिबुल हसन
मेहदी हसन
एमराना कबिर हासी
एमडी कबिर हुसेन
सञ्जिदा हुक
एमडी हसन इमाम
मोहम्मद नसरुल इस्लाम
अखी मोनी
मिनाज बिन नासिर
एफएच प्रिओक
तमर्रा प्रिओनमोइ
मोदुर रहमान
महमुदुर रहमान
ताहिरा तन्विन शाशी रेजा
पियास रोय
शेख रसिद रुवायत
युमी सलिमा
सैयादा कम्रुन्नहार शवार्ना
अनिरुद्द जमान
एमडी नुरुज जमान
एमडी रफिक्ज जमान

चिनियाँ नागरिक
झ्याङ मिङ

मालदिभ्सका नागरिक
रिजाना अब्दुल्ला

चालक दलका सदस्य (सबैको मृत्यु)
ख्वजा हुसेन (चालक दलका सदस्य)
पृथुला रसिद (विमान परिचालिका)
रकिबुल हुसेन (इन्जिनियर)

विभिन्न अस्पतालमा उपचाररत यात्रु

मेडिसिटी अस्पताल, नक्खु
केशव पाण्डे

न्युरो अस्पताल, बाँसबारी
दिनेश हुमागाईं

ग्रान्डी अस्पताल, टोखा
दयाराम ताम्राकार
किशोर त्रिपाठी
हरिप्रसाद सुवेदी
विनोद पौडेल
नर्भिक अस्पताल, थापाथली
वसन्त बोहरा
आशिष रञ्जित
सनम शाक्य
नाम नखुलेका बंगाली

मोहमद रजुल्लाह सकिल

 

केएमसी अस्पताल, सिनामंगल

इन्द्रना कविर
पिंकी धामी
समिना व्यञ्जनकार
कबिर हुसेन
शहीद हुसेन
मेहेन्दी हसन
रिजना अब्दुल्लाहा
डा. इजना
श्रहना
सहरिन अहमद
महमद सहिम

 

 

के हो यूएस बंगला समूह ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो दुर्घटनामा परेको यूएस बंगलादेशको विमान बंगलादेशको निजी सेवा प्रदायक संस्था यूएस बंगला समूहले सञ्चालन गरेको वायु यान हो । सन् २०१० मा स्थापना भएको सो वायु सेवा प्रदायक कम्पनीले सन् २०१४ देखि सेवा सुरु गरेको थियो । आन्तरिक उडानबाट सेवा सुरु गरेको सो वायु सेवा प्रदायकले सन् २०१६ देखि अन्तर्राष्ट्रिय उडान सुरु गरेको हो ।
सातामा चार दिन काठमाडौंमा उडान गर्ने सो वायु सेवा कम्पनी बंगलादेशको प्रतिष्ठित वायु सेवा प्रदायकमा गनिन्छ । सो विमान कम्पनीले बंगलादेशको आन्तरिक उडानका अतिरिक्त नेपाल, भारत, मलेसिया, ओमन, कतार, सिंगापुर र थाइल्यान्डमा उडान भर्दै आएको छ ।

पाइलटको अटेरीले जहाज दुर्घटना

राजेन्द्रकुमार क्षत्री

महाप्रबन्धक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो भएको यूएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा पाइलट नै प्रमुख दोषी रहेको देखिन्छ । पाइलटले अन्तर्राष्ट्रिय टर्मिनलमा रहेका एयर ट्राफिकको निर्देशन अवज्ञा गरेकाले विमान दुर्घटनामा परेको हाम्रो निष्कर्ष रहेको छ ।
‘हामीले पाइलटलाई विमानस्थलको दक्षिणतर्फबाट ल्यान्ड गर्न निर्देशन दिएका थियौं । तर, पाइलटले हाम्रो कुरा सुनेनन् । पाइलटबाट अटेरी भएकाले नै यति ठूलो दुर्घटना हुन पुगेको हो ।’
ट्राफिक कन्ट्रोलरले जहाजलाई जिरो एयर दक्षिणबाटै अवतरण गराउनु भनेको देखिन्छ तर पाइलटले उत्तरबाट ल्यान्ड गर्छु भने । उत्तरतिर लागिसकेपछि टावर कन्ट्रोलरले फेरि तपाईं (पाइलट)लाई केही समस्या छ र भनेर सोधेको थियो । तर पाइलटले केही समस्या नभएको जवाफ फर्काए । पाइलटले विमान उत्तरतर्फ गएर ल्यान्ड गर्नुपर्नेमा उत्तर पूर्व गएर दुई फन्को लगाए । त्यसपछि टावरले तपाईंले किन ल्यान्ड गर्नुभएन ? तपाईंलाई ठीक छ भनेर फेरि सोधेको थियो ।
पाइलटबाट म ठीक छु ल्यान्ड गर्दै छु भन्ने जवाफ आयो । तर ल्यान्ड गर्ने बेला जुन ‘एलाइन्मेन्ट’ हुनुपर्ने हो त्यो मिलेको थिएन । कन्ट्रोलरले ल्यान्ड गर्ने बेला एलाइन्मेन्ट मिलेको छैन भन्दा पाइलटले रेन्सपोन्स गरेनन् । त्यसपछि जहाज रनवेबाट सिधा ल्यान्ड गर्नुपर्नेमा रनवेबाट दाइनेतिर (आर्मीको ह्यांगरतर्फ) टावरको छेउबाटै आयो । झन्डै झन्डै पार्किङमा रहेको जहाजको अति नजिकबाट विमान आयो । सो विमान टच डाउन गरी कन्ट्रोल गर्न नसकेर पूर्वपट्टिको बार भत्काई खाल्डोमा गएर खस्यो । यसबाट विमानले अवतरण गर्ने बेलामा ‘मिस अप्रोच’
गरेको देखिन्छ ।
उद्धारक टोली तयारी अवस्थामा भएकाले विमानमा रहेका यात्रु धेरै हताहती भए पनि बाहिर भने त्यति ठूलो क्षति हुन पाएन । आगलागीका लागि उद्धार टोली तयार भएकाले पनि चाँडै नियन्त्रणमा आउन सक्यो । १०÷१५ मिनेट ढिला भएको भए अझ अवस्था खराब हुन्थ्यो ।
अग्नि नियन्त्रक एलर्ट भएकाले सेना प्रहरी सबै मिलेर चाँडै उद्धार र नियन्त्रण भयो । सो विमान पार्किङमा रहेको थाई एयरवेज विमानको पुछारपट्टिको भागमा ठक्कर हुनबाट जोगिएको थियो । थाइमा ठोकिएको भए अझै ठुलो क्षति हुने
स्थिति थियो ।