६ सदस्यीय जाँचबुझ आयोग गठन

काठमाडौं / रास– सरकारले यूएस बंगला विमान दुर्घटना सम्बन्धमा छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय जाचँबुझ आयोग गठन गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । आयोगका सदस्यमा प्रमुख सेनानी डा. राजीव देव तथा क्याप्टेनत्रय केके शर्मा, सुनील प्रधान र उद्धवप्रसाद सुवेदी रहेका छन् । सदस्यसचिवमा सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले आयोगले यथाशीघ्र प्रतिवेदन बुझाउनुपर्ने निर्णय गरेको बताए ।