साघुरो पार्किङले उडानमा समस्या

सरोज थापा / राजधानी
फागुन २८ डोल्पा ।

डोल्पामा जुफाल बिमानस्थलको पार्किङ्ग साघुरो भए पछि उडानमा समस्या भएको छ । एकै पटक धेरै जहाजले उडान भरे पछि पार्किङ्ग स्थल अभाबमा बाहिरको पट्टि आपतकालिन पार्किङ्ग गर्नु पर्ने बाध्यता रहेको जुफाल बिमानस्थल कार्यालयले जनकारि दिएको छ ।

कुल ५ सय ६० मिटर लम्बाइ धावन मार्ग रहेको जुफला बिमानस्थलको पार्किङ्ग क्षेत्र जम्मा ६० मिटर लम्बाइ र ४० मिटर चौडाइ रहेको आयोजना प्रमुख बिर प्रसाद शाहीले जानकारि दिए । उनका अनुसार पार्किङ्गको लागि क्षेत्रफल नै नभएको कारण यस्तो समस्या आएको बताए । उनले भने हाल सञ्चालनमा रहेको पार्किङ्गमा पनि जहाज पार्किङ्गको लागि मार्किङ्ग गरे पछि एकै पटक ४ वटा सम्म जहाज राख्न सकिन्छ ।
द्धन्द्धको बेलामा बिमानस्थल सुरक्षाको लागि सुरक्षा बेश क्याम्प निमार्ण गर्दा प्रहरीको भवन नजिकै बनाउदा हाल पार्किङ्गमा समस्या आएको आयोजना प्रमुख शाहीको दावी छ । उनका अनुसार कम्तीमा ६ वटा सम्म जहाज पार्किङ्ग गर्न सक्ने बनाउन सकिन्थ्यो तर प्रहरीको पोष्ट नजिकै भएको र तत्काल हटाउन नमिल्ने भएको कारण पनि पार्किङ्गको क्षेत्रफल कम भएको बताए ।

एकै पटक ४ वटा भन्दा धेरै जहाजहरुले जुफाल बिमानस्थलका लागि उडान भरेको खण्डमा पार्किङ्ग गर्ने ठाउ नै नभएको कारण निकै समस्या हुने जहाजका क्याप्टेनहरुले गुनासको गर्ने गरेको बिमानस्थल इन्चार्ज श्रीकृष्ण रिजालले बताए । उनका अनुसार केहि प्राबिधिक त्रुटि भएको हो साघुरो पार्किङ्गमा पाइलटले पार्किङ्ग गर्न गुनासो गर्छन तर पनि बाध्यता रहेको जानकारि दिए । उनि भन्छन उच्च हिमाली बिमानस्थल भएको कारण आकाशमा होल्ड गर्न मिल्दैन त्यसैले पार्किङ्ग क्षेत्र भन्दा बाहिर पनि पार्किङ्ग गर्नु पर्ने बाध्यता रहेको छ ।
क्षेत्रफल कम भएको कारण पार्किङ्ग भने अनुसार निर्माण गर्न नसकिएको भए पनि अबको केहि महिना भित्र बिमानस्थल पार्किङ्गको छेउमा हेलिकप्टरको लागि पार्किङ्ग बनाउन लागेको र त्यहि भित्र पनि जहाज पार्किङ्ग गर्न सकिने ओयोजना प्रमसख बिरप्रसाद शाहीले जानकारि दिए । उनले भने हेलिकप्टर कहिलेकाही मात्र हो बस्ने अन्य बेलामा जहाजले पार्किङ्ग गर्छन पार्किङ्गको समस्या कहिलेकाहि मात्र पर्ने हो सधै पर्दैन पार्किङ्गको लागि मार्क गरे पछि खासै समस्या हुदैन ।

कालिका सिद्धिसाइ जेबिले जुफाल बिमानस्थल गएको भदौमा कालो पत्रे गरेको थियो । करिव ६ महिना भन्दा धेरै समय लगाएर कालो पत्रे गरेको यो बिमानस्थलमा कालो पत्रे पछि जहाजको लागि धावनमार्ग अपुग रहेको पाइलटहरु बताउछन । केहि प्राबिधिक कुरा नपुगेको र धावनमार्गमा जहाज ओभरसुट गर्न नमिल्ने भएको कारण जोखिम रहेको बिमानस्थल इन्चार्ज श्रीकृष्ण रिजालले बताए ।
कालो पत्रे भए पछि हाल डोल्पामा सिता,तारा,गोमा,मकालु र नेपाल यएरलाइन्सले उडान भर्दै आएका छन । नेपाल एयरलाइन्सले हप्तामा एक दिन उडान भर्ने गरेको छ भने अन्य एयरलाइन्सले भने दैनिक दुई देखि बस्था हेरेर ३ वटा सम्म उडान भर्ने गरेको सिता यएरका जुफाल ईष्टेशन इन्चार्ज मुकुन्द पौडेलले जानकारि दिए । उनि भन्छन हावा धेरै चल्ने भएको कारण सबै जहाजले डोल्पामा पहिलो उडान भेर्ने गर्दछन एकै पटक धेरै जहाज हाउदा पार्किङ्गमा निकै समस्या हुने गर्दछ ।