सड्क पुग्दा ८१ बर्षिया बृद्धाका खुसिका आँसु

सरोज थापा / राजधानी

फागुन २८ डोल्पा ।

सपना जस्तै गरि सड्क पुगे पछि ७२ बर्षिया बुढाले हर्षका आँसु बगाए । डोल्पा जिल्लाको ठुलीभेरि नगरपालिका वडा न ५ मा आन्तरिक सड्क पुगेपछि लाहाराका स्थानीय ८१ बर्षिया रुद्ध बुढाले हर्षका आँसु बगाएका थिए । मेरो सास छदै सड्क पुग्ला यसरि गाडी आउला भन्ने सोचेको थिएन तर आफनै आँखाले आफनै गाउँ सम्म गाडि गुडेको देख्न पाउदा हर्षका आसु रोक्न सकिन बुढा भक्कानिए । उनले भने भगवान खोज्न कतै जानु पर्दैन बिकास गरिदिने भगवान हुन हाम्रो भोटको मुल्य पाइयो ।

“भिरको बाटो खनिखनि मोटर ल्यायो चाइनाले नपत्याए हेर ऐनाले”भन्दै गित गुनगुनाएर रिवन काट्न आएका नगरप्रमुखलाई ७१ बर्षिया कर्णराम बुढाले स्वागत गरे । उनले भने यसरि मेरै पालामा गाडि गुडेको हेर्न पाउला भन्ने कल्पान पनि गरेको थिएन । भगवानले मेरो ईच्छा पूरा गरे हर्ष बिभोर हुन्छन । उनि हर्षका आँसु पोख्दै भन्छन मेरा सन्तानले सुख पाउने भए अब म मरे पनि कुनै गुनासो छैन ।

राष्ट्रिय सड्क सञ्जालमा नजोडिएको डोल्पा जिल्लामा आन्तरिक सड्क भने धमाधम निमार्ण भइ रहेका छन । सोहि अनुसार ठुलीभेरी नगरपालिकाको जुफालबाट साबिकको माझफाल गाविसमा आन्तरीक सड्क बिस्तार गरिएको नगरप्रमुख गणेशबहादुर शाहीले जानकारी दिए । उनका अनुसार स्थानीय सरकारको कुल १ करोड लागतमा ११ किलोमिटर आन्तरीक सड्क निमार्ण गरि सञ्चालन गरेको बताए ।
साना बालवालिका देखि महिला र ७२ बर्षे बृद्ध सम्म आन्तरीक सड्क उद्धघाटनमा स्वागत गर्न उपस्थित भएका थिए । सञ्चारको सुबिधा राम्रोसंग लिन नपाएका हामी जनताले गाउँमा सड्क पुगेको देख्दा निकै भाग्य मानि ठान्छौ स्थानीय गोपि बुढाले बताइन । उनि भन्छिन सड्क पुगे पछि धेरै कुरा सहज हुन्छ पसिना पुछ्दै भारि बोक्नु पर्ने दिन गए ।


राष्ट्रिय सड्कमा डोल्पा जोडिन केहि किलोमिटर मात्र बाँकी रहदा आन्तरीक सड्क बिस्तारले तित्र्रता पाएका छन । सड्क नै पहिलो बिकासको पाटो भएको र शिक्षा,सञ्चार त्यसपछि उनिहरुका चाहना अनुरुप पूरा गर्दै जाने बताउदै आन्तरिक सड्क आफनो प्राथमिकता रहेको नगर प्रमुख शाहीले जानकारि दिए । उनका अनुसार नगरपालिकाको आन्तरिक सड्क माझफालकै सड्क पहिला कालो पत्रे बनाउने प्रतिबद्धता जनाए । उनले भने बिकास बाधक बन्ने जनप्रतिनिधिनै होइन जनताले सेवा पाउनु पर्छ ।
हाल डोल्पा जिल्लामा करिव ४३ किलोमिटर आन्तरिक सड्क सञ्चालनमा आइ रहेको छ । नयाँ सञ्चालनमा आएको माझफालको सड्क दुरी हेर्दा नजिक भए पनि घुम्तीहरु धेरै भएको कारण ११ किलोमिटर हाराहारी पुगेको नगरप्रमुख गणेशबहादुर शाहीले जानकारी दिए । उनले भने अब करिव ७ करोड लागतमा रुकुमको सिमाना सम्म सड्क बिस्तार हुने बताए ।

एक फरक प्रसंगमा नगरप्रमुख शाहीले भने म राजनितिज्ञ होइन तर इमान्दार कार्यकर्ता भने हु । म जनताको जनमतबाट जनताको सेवा गर्न आएको हु जनताको काम रोकिदैन । अबको एक महिना भित्र सबै वडामा कर्मचारिहरु भर्ना गराएर भए पनि जनताको काममा कुनै बाधा आउन नदिने बताए । उलने भने नगरपालिकाको केन्द्रको कुरा गलत नभएर नितिगत रुपमा बहुमतले केन्द्र सारेको दावी गरे ।
जुफालको सेराबाट जिरो किलोमिटरमा निमार्ण भएको उक्त सड्क माझफाल र जुफालको सिमानामा पर्ने माथिलाक्ना भन्ने स्थान सम्म आईतबार नगप्रमुख गणेशबहादुर शाहीले रिवन काटेर उद्धघाटन गरेको स्थानीय बिष्णु बहादुर बुढाले जानकारी दिए । उनका अनुसार जनताको दुःख दैनिक घट्दो छ आन्तरिक सड्क बिस्तारले जनताले निकै सेवा पाउनेछन । उनले भने स्थानीय सरकारको अनुभुति भनेकै यहि हो ।