आर्थिक समृद्धिका लागि प्रतिस्पर्धा

काठमाडौं÷रास— उद्योगपति एवं सांसद विनोद चौधरीले आर्थिक समृद्धिका लागि प्रदेशहरूबीचमा सकारात्मक प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । आर्थिक एवं सामाजिक विकासका लागि मुलुकमा संघीय संरचना रहेको बताउँदै उनले प्रदेश सरकारले यही सोचका साथ काम सुरु गर्न आग्रह गरे ।

‘भारतमा एक अर्का राज्यबीच लगानी आकर्षित गर्ने प्रतिस्पर्धा चल्यो ती राज्यहरूको मात्रै होइन, समग्र भारतकै आर्थिक बृद्धिदर उच्च हुन पुग्यो’ अध्यक्ष चौधरीले भने, ‘हाम्रा मुख्यमन्त्रीहरूले पनि आफ्नो प्रदेशलाई लगानीकर्ताहरूका लागि सबैभन्दा आकर्षक गन्तव्य बनाउने प्रतिस्पर्धा गर्नेछन् र यसबाट देशकै अर्थतन्त्रमा नया“ उत्साह आउने विश्वास मैले लिएको छु ।’ सोमबार रौतहटको चन्द्रपुर महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले भने, ‘हाम्रा राजनीतिक एजेन्डाहरू व्यवस्थापन भएका छन् । अब प्रदेश सरकारहरूले प्रान्तीय संरचना वा कानुनी पक्षहरूका बारेमा अलमल नगरी विकासका एजेन्डालाई पहिलो प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ ।

प्रदेश २ आर्थिक एवं सामाजिक विकासका दृष्टिले अहिले पछाडि रहेको तथ्य प्रस्तुत गर्दै उनले यस प्रदेशलाई देशकै सबैभन्दा विकसित प्रदेशमा रूपान्तरण गर्न सकिने प्रयाप्त आधार रहेकोमा उनले जोड दिए । ‘नेपालको आर्थिक राजधानीका रूपमा मानिने वीरगन्ज, काठमाडौं–तराई फास्ट ट्रयाक, वीरगन्ज–सिमरा औद्योगिक करिडोर र निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलजस्ता पूर्वाधारहरू यही रहेका छन्’ अध्यक्ष चौधरीले भने । ‘रामजानकी मन्दिरदेखि अयोध्यासम्म ६ लेनको सडक विस्तार गरी जनकपुरलाई धार्मिक पर्यटकीय केन्द्र बनाउन सकिने प्रचुर सम्भावना रहेकोमा उनले जोड दिए ।

प्रदेश २ लाई व्यावसायिक कृषि उत्पादन गरी निर्यात गर्ने प्रमुख क्षेत्र बनाउनुपर्नेमा उनको भनाइ थियो । ‘प्रदेश २ को कृषिउपज प्रत्येक नेपालीको भान्सामा पु¥याउने नीतिका साथ काम गर्नु आवश्यक छ’, अध्यक्ष चौधरीले भने, ‘यहा“को उर्वर भूमिबाट कृषि क्रान्तिको नया“ अध्याय सुरु गर्न सकिन्छ ।’

‘अन्य प्रदेशमा नभएका विकास पूर्वाधार यहा“ रहेका छन् । ब्रोडगेज रेल्वे, वीरगन्जको अत्याधुनिक आईसीपी, ड्राईपोर्टजस्ता पूर्वाधार अन्य प्रदेशमा छैनन् ।’ उनले भने, ‘यस प्रदेशले आफ्नो सामथ्र्य समयमै चिन्न सकेमा आर्थिक विकासमा अग्रणी बन्न सक्छ ।’