दुर्घटना हुँदा एकको मृत्यु

दीपायल (डोटी / रास– दपायल सिलगढी नगरपालिका–५ स्थित बसपार्कमा सोमबार दिउँसो एक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार से१ख १२१५ को मिनी ट्रक दुर्घटना हुँदा ३९ वर्षीय ट्रक मालिक तथा चालक नरबहादुर मलासी (देउमनी) को मृत्यु भएको छ भने ट्रकमा रहेका उनका भतिजा शंकर मलासीको अवस्था गम्भीर रहेको छ । घाइते शंकर मलासी क्षेत्रीय प्रहरी तालिम केन्द्र दीपायलमा प्रहरी जवान पदमा कार्यरत रहेको बताइएको छ । उनलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ । सिलगढी बसपार्कबाट फर्किरहेको अवस्थामा उक्त मिनी ट्रक दुर्घटना भएको बताइएको छ ।