करणी गर्ने पक्राउ

महोत्तरी / रास– सोनमा गाउँपालिका–२ मा दलित बालिकामाथि भएको सामूहिक करणीमा संलग्न एक आरोपीलाई प्रहरीले न्यायिक हिरासतमा लिएको छ ।

सोनमा गाउँपालिका–८ का २४ वर्षीय मनोजप्रसाद साह तेलीलाई न्यायिक हिरासतमा लिनुका साथै फरार रहेका सोनमा–८ का १८ वर्षीया अरुण महतो नुनिया २० वर्षीय उपेन्द्र सदा मुसहर र १८ वर्षीय ओजिरमियाँ नदाफविरुद्व पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए । फरार प्रतिवादीको खोजतलास भइरहेको उनले बताए ।