अनशनकारीले अनशन तोडे

धनगढी / रास– जिल्ला कारागार कैलालीमा आठ दिनदेखि थुनामै अनशन बसिरहेका २४ जना बन्दीले सोमबार अनशन तोडेका छन् । उनीहरू गत २० फागुनदेखि अनशन बसेका थिए ।

७ भदौ २०७२ मा भएको टीकापुर घटनामा संलग्न भएको आरोपमा थुनामा रहेका २४ जनाले सोमबार स्थानीय प्रशासनसँग चारबु“दे सहमतिपछि अनशन तोडेका हुन् । कैलाली क्षेत्र नं. १ का सांसद रेशमलाल चौधरीसहित २५ जनाले कारागारभित्रै अनशन सुरु गरेका थिए । अनशनका क्रममा स्वास्थ्यवस्था बिग्रिएपछि सांसद रेशमलाललाई तीन दिनअघि काठमाडौं

लगिएको थियो ।  सोमबार कैलालीका प्रमुख जिल्ला अधिकारी, कारागार प्रमुख तथा अनशनकारीबीच चारबु“दे सहमति भएको थियो ।

सहमतिपत्रमा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, कारागारका निमित्त जेलर भक्तबहादुर विष्ट र अनशनकारीका तर्फबाट थारू कल्याणकारिणीसभाका सभापति लाहुराम चौधरीले हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा ‘टीकापुर घटनामा पुर्पक्षका लागि थुनामा रहेका २५ जना बन्दीमाथि लगाइएको मुद्दालाई राजनीतिक रूपमा बढीमा १५ दिनभित्र सम्बोधन गरी यथाशाक्य क्षतिपूर्तिसहित रिहाइका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयमा जानकारी गराउने उल्लेख छ ।

त्यस्तै, थरूहट÷थारूवान संघर्ष समितिले उठाएका पहिचानसहितको अधिकारसम्पन्न सीमांकनका सम्बन्धमा भएको छिनोफानो र प्रगतिका सम्बन्धमा अनशनरत पक्षलाई जानकारी गराउने र