अन्तर्राष्ट्रिय ट्रेड युनियन र रणनीति

अन्तर्राष्ट्रिय  ट्रेड युनियन र रणनीति

प्रेमलकुमार खनाल

 

जुझारु एवं श्रमिक पक्षीय  ट्रेड युनियन आन्दोलनका लागि रणनीति र कार्यनीतिको निर्धारण गर्न आवश्यक छ ।  ट्रेड युनियनले सदैव संघर्ष, आन्दोलन सञ्चालन गर्दा गरिब किसान, असंगठित क्षेत्रका श्रमिक, आप्रवासी श्रमिक, शरणार्थी र स्वरोजगारसँगको गठबन्धन, सहकार्य र एकतालाई हमेसा जोड दिनुपर्छ । यसरी सहकार्यलाई अघि बढाउँदा मात्र पुँजीवादी दासता र शोषणबाट मुक्ति प्राप्त गर्न सकिन्छ । अतः हरेक टे«ड युनियनले सहकार्यको रणनीति र कार्यनीतिलाई दैनिकीको प्राथमिकता बनाउनुपर्छ । टे«ड युनियन र टे«ड युनियनको संघर्ष नै श्रमजीवी वर्गको आन्दोलनको महŒवपूर्ण पाठशाला हो । यसले नै पुँजीवादबाट समाजवादमा पुनस्र्थापित गर्छ । टे«ड युनियनले आफूभित्रको सुधार र परिवर्तन गरेर श्रमिक वर्गीय आन्दोलनको संश्लेषण गर्न सचेत हुनुपर्छ । किसान र प्रविधिको तीव्र विकास भइरहेको वर्तमान समयमा श्रमिक आन्दोलनका लागि ज्यादा सीप, बुद्धि, ज्ञान, र उन्नत अध्ययन एवं शिक्षा हासिल गर्न‘का साथै उन्नत स्तरको संस्कृतिको निर्माण गर्न आवश्यक हुन्छ ।

हरेक टे«ड युनियनसामु श्रमिक वर्गका अधिकारका लागि संघर्ष गर्ने अभिभारा हुन्छ । बिनासंघर्ष सामूहिक सौदाबाजी गर्न सकिँदैन । संघर्ष र आन्दोलन, श्रमिकको संगठित हुन पाउने अधिकार, सामाजिक सुरक्षा र कार्य अवस्थामा सुधार गर्न सकिन्छ । संघर्ष टे«ड युनियनका लागि शक्ति र हतियार हो र यसले राम्रो परिश्रम हासिल गर्न‘पर्छ । यस्तो संघर्ष स्थानीय र राष्ट्रिय स्तरमा सञ्चालन गर्न‘पर्छ । यसरी सबै क्षेत्र, तह र देशमा गरिने अधिकारप्राप्तिको आन्दोलनले अन्ततः अन्तर्राष्ट्रिय टे«ड युनियन आन्दोलनको सशक्तीकरण गर्न मद्दत पुग्छ । यसरी गरिने संघर्ष आन्दोलनको सानो परिवर्तन र प्रभावले आममा असर र प्रभाव पार्छ । विश्व टे«ड युनियनसामु अन्तर्राष्ट्रियवाद र ऐक्यबद्धताको लामो अनुभव छ । रंगभेद विरोधी आन्दोलन, निरंकुशता र प्रक्रियावादी फाँसीवादी शासनविरुद्धको आन्दोलन र श्रमिकको अधिकारप्राप्तिका लागि भएका संघर्ष र आन्दोलनमा अन्तर्राष्ट्रियवाद सहयोग र ऐक्यवद्धता प्राप्त भएका कारण महŒवपूर्ण सफलता प्राप्त भएका छन् । अन्तर्राष्ट्रिय टे«ड युनियनका सामु बलियो अन्तर्राष्ट्रियवाद र ऐक्यबद्धताको आधार भएको हँुदा कसैले पनि एक्लो महसुस गर्ने स्थिति छैन । तसर्थ, एकको सफलता नै सबैको सफलता हो भन्ने भावनाका साथ टे«ड युनियन आन्दोलनलाई अगाडि बढाउनु जरूरी छ ।

श्रमिक वर्गीय टे«ड युनियन आन्दोलनमा ‘एकता’को विषय आधारभूत सिद्धान्तको विषय हो । श्रमिक वर्गीय टे«ड युनियन आन्दोलनमा उद्देश्य प्राप्त गर्न प्रथमतः श्रमिक वर्गबीच एकता हासिल हुनुपर्छ र सँगसँगै समाजका गरिब किसान, स्वरोजगार, प्रगतिशील बुद्धिजीवी र युवा समुदायबीचको एकतालाई पनि जोड दिनुपर्छ, अर्थात् पुँजीवादी शोषणविरुद्ध समाजका यी वर्ग र समुदायसँगको एकता, सहकार्य र गठबन्धनले मात्र श्रमिक वर्गीय टे«ड युनियन आन्दोलनले सफलता प्राप्त गर्छ ।

अन्तर्राष्ट्रिय टे«ड युनियन आन्दोलनमा एकताको चर्चा गरिरहँदा एकताका बारेमा दुई विरोधाभाष कुरा पनि छन् । उदाहरणका लागि प्यालेस्टाइनी जनताको संघर्षको बारेमा चर्चा गर्दा वास्तवमा प्यालेस्टाइनी जनता आफ्नो जन्मभूमिको स्वतन्त्रतासहितको स्वतन्त्र राज्यप्राप्तिका लागि सम्पूर्ण प्यालेस्टाइनी जनताबीचको एकता चाहन्छन् । ठीक यहीबेला इजरायली सरकार स्वतन्त्र प्यालेस्टाइन राज्यलाई नियन्त्रण गर्न अन्य राज्यका सरकारसँग सहकार्य र एकता गरिरहेको छ । इजरायली सरकारले सबै साम्राज्यवादीलाई एकजुट गरेर प्यालेस्टाइनी जनताको आन्दोलनलाई दबाउन प्रयत्न गरिरहेको छ । प्यालेस्टाइनी बहादुर जनता साम्राज्यवादीहरूको एकता र गठबन्धनको विरोध गरिरहेका छन् ।
तसर्थ, एकता किन र कसका लागि ? भन्ने विषयमा आज अन्तर्राष्ट्रिय टे«ड युनियन आन्दोलनमा ध्यान दिनु जरुरी छ । सुधारवादी र यलो टे«ड युनियन पक्षधरले श्रमिक वर्गको एकतालाई भन्दा पनि पुँजीवादी व्यवस्थालाई बलियो बनाउनका लागि एकताको कुरा गरेर झुक्याउने कोसिस गर्छन् । उनीहरूले साम्राज्यवादी शक्तिहरूसँग आपसी सहकार्य र सहमति गर्ने कार्य गर्छन् । अतः अन्तर्राष्ट्रिय टे«ड युनियन आन्दोलनमा श्रमिक पक्षीय टे«ड युनियन आन्दोलनका लागि श्रमिक वर्गबीचको एकता अपरिहार्य छ । तर, यस्तो एकता पुँजीवादी शोषणको विरोध गर्ने र साम्राज्यवादीको हस्तक्षेप र आक्रमणको विरोध गर्नेहरूका बीचमा एकता र सहकार्यको विषयलाई विशेष जोड दिनुपर्छ । तर, एकता भनेको सोलोडोलो श्रमिकको एकताको कुरा गरेर साम्राज्यवाद र पुँजीवादलाई सहयोग पु¥याउने कार्यलाई भने कदापि महŒव दिनुहुँदैन ।

संघर्ष टे«ड युनियनका लागि शक्ति र हतियार हो र यसले राम्रो परिश्रम हासिल गर्नुपर्छ । यस्तो संघर्ष स्थानीय र राष्ट्रियस्तरमा सञ्चालन गर्नुपर्छ । यसरी सबै क्षेत्र, तह र देशमा गरिने अधिकारप्राप्तिका आन्दोलनले अन्ततः अन्तर्राष्ट्रिय टे«ड युनियन आन्दोलनको सशक्तीकरण गर्न मद्दत पुग्छ

सन् १८४८ मा कार्ल माक्र्सले कम्युनिस्ट घोषणापत्रमा नै यलो टे«ड युनियनका बारेमा आलोचना गरेका थिए । यलो ट्रेड युनियनले श्रमिक वर्गबीचको एकताको कुरा गरेर धमिलो पानीमा माछा मार्ने दुश्प्रचार गरिरहेको छ, सामाजिक असमानता र साम्राज्यवादविरोधी आन्दोलनमा सरिक हुने सबै श्रमजीवी वर्गबीचको एकता नै गर्विलो छ । विश्व टे«ड युनियन महासंघ (डब्लूएफटीयू) सदैव जुझारु टे«ड युनियन आन्दोलनको पक्षमा रहँदै आएको छ र यलो टे«ड युनियनका गतिविधिको विरोध गर्दै आएको छ । अन्तर्राष्ट्रिय टे«ड युनियन केन्द्रले अप्रजातान्त्रिक गतिविधि र भूमिका निर्वाह गर्दै आएको छ । आईटीयूसीले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) मा श्रमिक वर्गको तर्फबाट समानुपातिक प्रतिनिधित्व हुनुपर्छ भन्ने विषयको विरोध गर्दै आएको छ । उसले टे«ड युनियन आन्दोलनमा एकाधिकारवादी नीति अख्तियार गरेको छ । उसले बहुलवादी प्रजातन्त्रलाई आत्मसात गर्न चाहँदैन त्यसै भएर उसले विचारका आधारमा आईएलओमा श्रमिकहरूका तर्फबाट समानुपातिक प्रतिनिधित्वको विषयको विरोध गरेको छ । आईटीयूसीको नेतृत्वले साम्राज्यवादी अमेरिका र नाटो देशका सरकारसँग सदैव आत्मसमर्पण गरेको छ । विगतमा साम्राज्यवादीले युद्ध सञ्चालन गरेका देशहरू युगोस्लाभिया, इराक, लेबनान, सिरिया, माली, भेनेजुयला आदिमा भएको युद्ध, हिंसा र आक्रमणको कहिल्यै पनि विरोध गरेको छैन । उसले सदैव उनीहरूको समर्थन गर्दै आएको छ र यो आकस्मिक घटना पनि होइन । वास्तवमा आईटीयूसी पनि युद्धबाट भागेर शरणार्थी बनेका घाइते र आप्रवासी श्रमिकहरूका नजरमा दोषी रहेको छ ।

आईटीयूसीको नेतृत्वले सदैव वर्ग समन्वयवाद र सुधारवादको कुरा गरेर श्रमिक वर्गलाई अल्मल्याउने कार्य गर्दै आएका छन् । उनीहरू माक्र्सवादी सिद्धान्त, समान विकास र वर्ग संघर्षलाई अस्वीकार गर्छन् र पुँजीवादी शोषणलाई मलजल गर्ने हिसाबले भूमिका निर्वाह गर्छन् । वास्तवमा उनीहरूको यस्तो भूमिकाले साँचो अर्थमा श्रमिक वर्गको हित हुन सक्दैन, र यस्तो किसिमको टे«ड युनियन अभ्यासले श्रमिक वर्गको शोषणलाई अझ तीव्र बनाउने गर्छ । श्रमिक वर्गीय टे«ड युनियन आन्दोलनले यस्तो अवसरवादी चरित्र र रवैयाविरुद्ध दृढतापूर्वक वैचारिक संघर्ष गर्न‘पर्छ । आईटीयूसीले पुँजीवादी मुलुकका सरकार र अन्तर्राष्ट्रिय संस्थाहरूबाट डलर लिएर विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ । यही डलर प्रलोभनमा परेर कतिपय देशका प्रगतिशील एवं वामपन्थी विचारका टे«ड युनियनहरूले आईटीयूसीमा आबद्धता लिएर आफ्नो अवसरवादी चरित्रलाई उजागर गरेका छन् । यस्ता टे«ड युनियनले आफूलाई प्रगतिशील एवं वामपन्थी विचार पक्षधर भन्दै सोसल डेमोक्रेट केन्द्रसँगको आबद्धता कायम राखेर अन्तर्राष्ट्रिय टे«ड युनियन आन्दोलनमा भ्रम सिर्जना गरिरहेका छन् ।
यस्तै, अहिले सर्वत्र नयाँ ‘फल’का रूपमा च्याउझैं गैरसरकारी संस्था फैलिएका छन् । अमेरिकामा मात्रै ८५ हजार गैरसरकारी संस्था रहेको प्रतिवेदन सार्वजनिक भएका छन् । हरेक देशमा नयाँनयाँ नामले यस्ता सस्ंथाहरू खडा भएका छन् । पुँजीवादीहरूले यस्ता संस्थामार्फत ठूलो धनराशि लगानी गर्ने गर्छन् । यिनीहरूको कार्य भनेको टे«ड युनियनको काम र भूमिकालाई न्यूनीकरण गर्ने हो । बहुसंख्यक एनजीओहरू भ्रष्टाचारको संयन्त्र बनेका छन् र कतिपय संस्थाहरू पुँजीवादी सरकारको कठपुतलीका रूपमा काम गर्छन् । श्रमिक वर्गीय टे«ड युनियन आन्दोलनले यस्ता गतिविधिको विरोध र भण्डाफोर गर्दै श्रमिकको हकअधिकारका लागि संघर्ष गर्न‘पर्छ ।

(खनाल विश्व टे«ड युनियन महासंघ (डब्लूएफटीयू) का प्रेसिडेन्सियल काउन्सिल सदस्य हुन्)