मधुमेहले गाँज्दै छ समाजलाई

मधुमेहले गाँज्दै छ समाजलाई

डा. प्रकाश बुढाथोकी

औसत आयुको बढोत्तरी, सहरीकरण, परिवर्तित पाश्चात्य जीवनशैली, रोग पत्ता लगाउने नया“नया“ विधि र निदान तथा उपचार सेवाको विस्तारसँगै मध्यम र गरिब वर्गमा पनि देखिन थालेको छ । प्राप्त भौतिक सुविधा र प्रविधिले मानिसलाई शारीरिक परिश्रमभन्दा मानसिक परिश्रम बढी र अल्छी जीवन बिताउन उत्प्रेरित गरेको छ । नेपालमा खान नपाएरभन्दा खान नजानेर बढी बिरामी पर्ने र मर्ने समस्या छ । रोगले शरीरका अंगमा असर पारेर समस्या भए मात्र स्वास्थ्य संस्थामा पुग्ने र निदान हुने गर्छ । तसर्थ, रोगीको संख्या सोचेको भन्दा बढी हुन सक्नेमा कसैको दुईमत छैन ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक १० सेकेन्डमा दुई जना नया“ थपिने तथा एकभन्दा बढी मर्ने गरेका छन् । तथ्यांकमा २५ देखि ६५ वर्È उमेरका नेपालीमध्ये १५ प्रतिशतमा मधुमेह रहेको अनुमान छ । भए गरेका सीमित सर्वेÔणमा अस्पताल सर्भेमा २० प्रतिशत र समुदायिक सर्भेमा १० प्रतिशत जनसंख्या मधुमेही छन् । तथापि, हरेक चार जनामध्ये एक जनामा मधुमेह भएको अनुमान सरोकारवालाको छ ।

मधुमेह

शरीरमा आंशिक मात्रामा वा पूर्ण रूपमा प्यान्क्रियाज ग्रन्थीको बिटाकोसले निकाल्ने इन्सुलिनको कमी हुन गई या यसले गर्ने काममा रोकावट आई खानामा भएको कार्बोहाइड्रेट शरीरले उपयोग गर्न नसक्दा रगतमा चिनी÷ग्लुकोजको मात्रा बढ्ने कार्बोहाइड्रेटको दीर्घकालीन रोगको अवस्थालाई नै मधुमेह भनिन्छ । मधुमेहीमा शंकीको उत्पादनमा प्रयोग हुनुपर्ने ग्लुकोज रगतमा अत्यधिक मात्रामा बढ्ने तर करौडौं कोशिकाहरूमा प्रवेश गराउने हर्माेन इन्सुलिनको कमीकमजोरीले कोसमा शंकीको उत्पादन हुन नसकेर शरीर एकदम कमजोर हुँदै जान्छ ।

कारण

वंशाणुगत र वातावरणीय कारणले पनि मधुमेहको सिकार हुन सक्छ । वातावरणीयमा सहरीकरण, खानपान, व्यायामको कमी र मोटोपना पर्छन् । बढी तौल चार–पाँचगुणा बढी तौल भएमा, आलस्य जीवन, शारीरिक सुस्तता र व्यायामको कमी, शारीरिक आघात, मानसिक बोझ, उमेर ३० वर्षभन्दा बढी, गर्भवती महिलामा मधुमेह भएमा मधुमेह हुन सक्ने हुन्छ । त्यसैगरी, लामो आयु, तयारी खानाको प्रयोग, चिल्लो खाना बढी, अनियमित भोजन, बढी प्रोटिन, गुलियो वस्तुको बढी सेवन, जंक तथा फास्टफुड, धुम्रपान र मादक पदार्थको सेवन पनि सम्भाव्य कारण हुन् । तनावपूर्ण जीवनशैली नै मधुमेह बढाइरहने प्रमुख कारण रहेको अमेरिकी अनुसन्धानहरूले बताएका छन् ।

लक्षण

सुरुमा लक्षण देखिँदैन र देखिइहाले पनि अति सामान्य हुने भएकाले छुट्याउन गाह्रो पर्छ । त्यसैले, समाजमा प्रत्येक मधुमेहीको साथ तीन जना अपरिचित मधुमेही हुन्छन् । शंकास्पद मधुमेहीमा तिर्खा बढी लाग्नु, धेरै भोक लाग्नु, धेरै थकाइ लाग्नु र छिनछिनमा पिसाब लाग्नु हुने गर्छ । रगतमा चिनी बढी भएपछि पिसाब गरेको ठाउ“मा कमिला वा कीरा देखिनु, बिनाकारण अचानक तौल घट्नु, आ“खाले धमिलो देख्नु, शरीरमा पटकपटक संक्रमण भइरहनु, घाउखटिरा सजिलै निको नहुनु, हातखुट्टा झमझमाउनु, पैताला पोल्नु, चेतना हराउनु, गुप्तांग चिलाउनु, चिडचिडापन आउनु, यौन क्रियाकलाप घट्नु, कमजोरी महसुस हुनु यो रोगका सामान्य लक्षणहरू हुन् । अन्य लक्षणमा मुख सुक्खा हुनु, मुखबाट दुर्गन्ध आउनु, पेट दुख्नु, बान्ता हुनु कालान्तरमा आ“खा, मिर्गौला, स्नायु, रक्तनली र मुटुमा असर परी सोही मुताबिक थप लक्षणहरू देखा पर्छन् ।

सुरुमा लक्षण देखि“दैन र देखिइहाले पनि अति सामान्य हुने भएकाले छुट्याउन गाह्रो पर्छ त्यसैले समाजमा प्रत्येक मधुमेहीको साथ तीन जना अपरिचित मधुमेही हुन्छन्

निदान

खाली पेटफास्टिङमा, खाना खाएको दुई घण्टा पोस्टप्रान्डियलमा र अन्य समय ¥यान्डममा रगतमा चिनीको मात्रा नापेर तथा रगतमा चिनीको मात्रा बढी भएको बेला पिसाब जा“चेर पनि मधुमेह पत्ता लगाउन सकिन्छ । मधुमेह औषधिले नियन्त्रणमा राखे नराखेको रगतमा एसिलाइटेड हेमोग्लोबिन जा“चेर थाहा पाउन सकिन्छ ।

जटिलता

मधुमेह ठूला रोगहरूको सुरु बिन्दु हो । रोगले जति च्याप्दै लग्यो उति टाउकोदेखि खुट्टासम्म घातक रोग र समस्या देखापर्न सक्छ । अधिकांश मानिसले रगत परीक्षण, खाना र व्यायाममा हेलचेक्र्याइँ गर्नाले असर विभिन्न अंगमा पर्छ । हेलचेक्र्याइँ गर्ने मधुमेहीमध्ये ७० प्रतिशतको मृत्यु मुटु तथा रक्त सञ्चारमा आएको खराबीले हुन्छ । त्यसैगरी, ५० प्रतिशत पक्षघात स्ट्रोक, १० प्रतिशत रेनल फेलर, १० प्रतिशत विभिन्न क्यान्सर, ६ प्रतिशत संक्रमण र १ प्रतिशत किटोएसिडोसिसले गराउ“छ । मधुमेहले औसत आयु १३ वर्È घटाउने गरेको विज्ञहरू बताउँछन् ।

रोकथाम

उपयुक्त भुँडीको गोलाइ, शारीरिक तौल, सक्रिय जीवनशैली, नियमित व्यायाम तथा उच्च क्यालोरी, चिल्लोयुक्त खानामा नियन्त्रण र सन्तुलित रेसादार खानाले मधुमेह रोक्न सकिन्छ । आफ्नो तौल ठीक अवस्थामा रह“दा ५० प्रतिशतमा मधुमेह लाग्दैन । दिनहु“ ४५ मिनेटको तीव्र हिँडाइ, शारीरिक परिश्रमले सन्तुलित तौल राखी मधुमेहलाई टाढै राख्न सकिन्छ । स्वस्थ रहने सबैभन्दा सरल र सजिलो उपाय पैदल हिँड्नु हो । पैदल हिँड्दा मानसिक विकृति, स्ट्रोक, क्यान्सरसहित दुई दर्जन रोगको खतरालाई कम गर्न सकिन्छ । हिँड्नाले रगतमा पनि ग्लुकोजको स्तरमा कमी आउनुका साथै ग्लुकोज उपयोग गर्ने शारीरिक Ôमता बढ्छ ।
अन्तमा, हिँड्न छाडिसकेका, दैनिक मासु, तयारी खाना, गुलिया खानेकुरा नखाइ नहुने र टन्न भात नखाउन्जेल अघाएको नमान्ने नेपालीलाई मधुमेहले सानै उमेरमा आक्रमण ग¥यो, संख्या बढे भनेर अचम्म मान्न सकिँदैन । नेपालीको भाते, लोभी र स्ट्रेसफुल जीवनशैली प्रवृत्तिले ३० वर्È नपुग्दै मधुमेहले समस्या दिने गरेको छ । केही किलोमिटर पैदलयात्रा गर्दा भाडा त जोगिन्छ नै उमेर पनि २० वर्È लम्ब्याउन सकिन्छ भन्ने सचेतना लिन र फैलाउन सबैलाई जरूरी छ ।चेतना लिन र फैलाउन सबैलाई जरूरी छ ।