ट्रक भित्र एक मृत फेला

भबिन कार्की /संखुवासभा

फागुन २९ संखुवासभाको मकालु गाँउपालिका ५ नुम बजारमा रोकेर राखिएको ट्रक भित्र एक ब्यतिm मृत फेला परेका छन् । अरुण तेस्रो जलबिद्युत आयोजनाको सामान लिएर भारत बाट मकालु गाँउपालिकाको फ्यासिन्दा दोभान जाँदै  गरेको पश्चिम बंगालको ७६–७१४४ नम्बर भएको यलपी ट्रकका चालक उमाकान्त सिंहको मृत्यु भएको छ ।

खाना खाएर आफ्नै ट्रक भित्र सुतेका चालका सिंहको सोमबार दिउँसो ३ बजे सम्म पनि नउठेपछि प्रहरीले ट्रकको ढोका खोलेर हेर्दा मृत अबस्थामा प्रहरीले फेला पारेको संखुवासभाका डिएस्पी सन्तोश खड्काले बताए । चालक सिंहको मृत्युको जानकारी भारतीय दुताबासलाई गराई सकेको र चाँडै मृतकका आफन्तको जिम्मा लगाइने डिएस्पी खड्काले बताए ।