कुवेर मर्चेन्टको नाम परिवर्तन

काठमाडौं÷रास– कुवेर मर्चेन्ट एन्ड फाइनान्सको नाम परिवर्तन भएको छ । रेमिट्यान्स व्यवसायमा रहेको सिटी एक्सप्रेसले कुवेर मर्चेन्टको स्वामित्व लिएपछि यसको नाम परिवर्तन गरेर सिटी एक्सप्रेस फाइनान्स भएको हो । विगतमा संस्थागत सुशासन नभएपछि कुवेर मर्चेन्ट समस्याग्रस्त घोषणा भएको थियो । यसलाई सिटी एक्सप्रेसले लिएको हो । स्टकमा अब सीईएफको नाममा यसको सेयर कारोबार हुने पनि कम्पनीले जनाएको छ ।