विराटनगरमा कैलाश बैंक

काठमाडौं / रास– कैलाश विकास बंैक लिमिटेडले मोरङको विराटनगरमा शाखा विस्तार गरेको छ । यो बैंकको ४४औं शाखा हो । सोमबारदेखि कारोबार शुभारम्भ गरेको यो शाखासहित बैैंकको एटीएम संख्या २२ पुगेको छ । बैंकले निकट भविष्यमा झापाको दमक तथा पर्साको वीरगन्जमा शाखा विस्तार गर्ने तयारी गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

राष्ट्रिय स्तरका विकास बैंकमा सबैभन्दा जेठो यसको चुक्ता पुँजी २ अर्ब ५२ करोड रहेको छ । पुस मसान्तसम्ममा १९ अर्ब ११ करोड निक्षेप संकलन गरी १७ अर्ब ५२ करोड कर्जा प्रवाह गरेको छ । संस्थाले विकास बैंकहरूमाझ सर्वाधिक २६ करोड ६० लाख खुद नाफा आर्जन गरेको पनि विज्ञप्तिमा उल्लेख छ । बैंकले अत्याधुनिक प्रविधि उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ सेवा, सेयर लगानीकर्ताका लागि सी–आस्बा सेवा, सुविधा भुक्तानी, रेमिट्यान्स सेवालगायतका सेवा प्रदान गर्दै आएको छ ।

संस्थाले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट सन् २००९ मा पहिलोपटक र त्यसपछि सन् २०१४ देखि २०१७ सम्म लगातार तीन वर्ष उत्कृष्ट वित्तीय प्रतिवेदन सम्मान प्राप्त गरेको थियो । वित्तीय कारोबारको २५ वर्ष पार गरिसकेको यो बैंकले आफ्ना ग्राहकलाई वित्तीय पहुँच नपुगेका ग्रमीण क्षेत्रमा आफ्ना शाखा सञ्जाल विस्तार गरेर आधुनिक बैंकिङ सुविधा प्रदान गर्ने र सधंै अग्रणी विकास बैंक रहिरहने रणनीति राखेको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।