भैरहवा र बेंसीसहरमा पोखरा फाइनान्स

काठमाडांै / रास– पोखरा लेखनाथको न्युरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले थप दुई शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्सले सोमबारदेखि आधुनिक वित्तीय सुविधायुक्त आफ्नो ११औं शाखा भैरहवा र १२औं शाखा बेंसीसहरमा सञ्चालनमा ल्याएको हो ।

निकट भविष्यमा नै चितवनको नारायणघाटमा समेत नयाँ शाखा सञ्चालनमा ल्याइने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले जनाए । चुक्ता पुँजी ६५ दशमलव ५७ करोड रहेको यस वित्तीय संस्थाले २०७४ पुस मसान्तसम्ममा निक्षेप ३ अर्ब ९४ करोड ७७ लाख तथा कर्जा लगानी ३ अर्ब ७० करोड १७ लाख पु¥याउनुको साथै जगेडा कोषमा ४१ करोड ७३ लाख रहेको छ । उक्त भैरहवा तथा बेंसीसहर शाखामार्फत संस्थाले निक्षेप एवं कर्जा तथा सी­आस्बालगायतका सम्पूर्ण आधुनिक बंैकिङ सेवा उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए ।