बनेपामा एभरेस्ट बैंक

काठमाडौं / रास– देशको कुनाकुनामा बैंकिङ सेवा पु¥याउने उद्देश्यले एभरेस्ट बैंकले काभ्रेको बनेपामा शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडा, बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बंैकका सञ्चालकले संयुक्त रूपमा गरेका हुन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्य, स्थानीय वाणिज्य संघका पदाधिकारी, काठमाडांै विश्वविद्यालय तथा धुलिखेल अस्पतालका वरिष्ठ पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय तथा सामाजिक संघसंस्थाका प्रतिनिधि तथा बैंकका अन्य वरिष्ठ पदाधिकारीहरूको पनि उपस्थिति थियो ।

एभरेस्ट बैंकले हाल ७० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ९७ एटीएम तथा बृहत बाह्य सञ्जालमार्फत उत्कृष्ट सेवाहरू प्रदान गर्दै आइरहेको छ ।