माछापुच्छ«ेको स्मार्ट बचत खाता

काठमाडौं / रास– माछापुच्छ«े बैंकले आकर्षक सुविधासहितको ‘एमबीएल स्मार्ट बचत’ खाता सञ्चालनमा ल्याएको छ । उक्त खातामा न्यूनतम ५ हजार रुपैयाँ बचतमा बैंकले ६ प्रतिशत ब्याज दिने भएको छ ।

बैंक नै नगई इलेक्ट्रोनिक माध्यमबाटै बैंक खाता सञ्चालन गर्न ग्राहकलाई प्रोत्साहित गर्ने उद्देश्यले बैंकले स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको हो । उक्त खातामार्फत ग्राहकले विभिन्न स्मार्ट सुविधा निःशुल्क प्राप्त गर्नेछन् ।

स्मार्ट सुविधाअन्तर्गत ग्राहकहरूले इन्टरनेट बैंकिङ सुविधा, एमबीएल मोबाइल मनी, डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर सुविधा, सी–आस्बा सुविधा, अन्तर शाखा कारोबार सुविधा र लकर सुविधा रहेका छन् । उक्त खाता खोलेपछि ग्राहकहरूले अब घरमै बसी आफ्नो बचतलाई मुद्दतीमा रूपान्तरसमेत गर्न सक्ने बैंकले जनाएको छ ।

हाल बैंकले ६२ वटा शाखाहरू, ४ वटा एक्स्टेन्सन काउन्टरहरूलगायत १४ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा ८० स्थानबाट बैंकिङ सुविधा दिइरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएम सञ्चालनमा रहेको छ ।