कैलालीको लम्कीमा हंसराज हुलासचन्दको नयाँ सोरुम

काठमाडौं / रास– बजाज पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले कैलालीको लम्कीमा नयाँ सोरुम स्थापना गरेको छ । नयाँ सोरुमको नाम ‘गंगा आटोमोबाइल्स’ राखिएको छ । नयाँ सोरुमले ग्राहकलाई बाइकको स्पेयर पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने अपेक्षा गरिएको छ ।

सोरुम शुभारम्भ भएको अवसरमा हंसराजका जेनेरल म्यानेजर योगेन गुरुङले कैलालीको लम्कीमा नयाँ सोरुम सञ्चालन भएको घोषणा गर्दा निकै खुसी लागेको बताए । ग्राहकहरूको बढ्दो मागका कारण कैलालीमा नयाँ सोरुम स्थापना गर्न उत्साहित भएको उनको भनाइ छ । नयाँ सोरुमको शुभारम्भसँगै सोरुमले ग्राहकहरूका लागि आकर्षक पुरस्कारहरू पनि प्रदान गरेको कम्पनीले जनाएको छ ।