राष्ट्रपतिमा बाम गठबन्धनकी उम्मेदवार विद्यादेवी भण्डारी निर्वाचित

काठमाडौं, २९ फागुन । राष्ट्रपतिमा बाम गठबन्धनकी उम्मेदवार विद्यादेवी भण्डारी निर्वाचित भएकी छन् । राष्ट्रपति चयनका लागि मंगलबार भएको निर्वाचनमा भण्डारीले ३९ हजार २७५ मतभार पाउँदा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार कुमारी लक्ष्मी राईले ११७३० मतभार पाएकी छन् ।

भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।