पाँच किलो चरेससहित दुई जना पक्राउ

काठमाडौ / रास– महानगरीय प्रहरी परिसरले पाँच किलोग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त, दरबारमार्गले मंगलबार लाजिम्पाटस्थित द इम्पेरियल क्याफेमा जाँच गर्दा रोल्पाका विजय घर्तीमगर र म्याग्दीका सुमन रोक्का मगरलाई पाँच केजी चरेससहित पक्राउ गरेको हो । भारतको रक्सौल र अन्य नाकाबाट काठमाडौं भित्रिएको लागूपदार्थ होटल तथा रेस्टुरेन्टमा बेचबिखन हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले जाँच गर्दा उक्त परिणाममा चरेस बरामद गरेको हो । परिसरले पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको जनाएको छ