दुर्घटनामा एकको मृत्यु

कपिलवस्तु / रास– वाणगंगा नग™पालिका बुन्ची–कोपवा सडकखण्डमा मंगलबार भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा स्थानीय १६ वर्षीय प्रदीप चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जजनाएका छन् ।

प्रदीपको मृत्यु ट्र्याक्टरको ठक्कर लागेर हो कि ट्याक्टरबाट खसेर हो भन्नेबारे अनुसन्धान भइरहेको कार्कीले बताए । प्रदीपलाई दुर्घटनालगत्तै स्थानीय मेडिकलमा लगिए पनि उपचार सम्भव नभएपछि तौलिहवा अस्पताल पु¥याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो । चौध™ीको शव अहिले आफन्त आएपछि पोस्टमार्टम गरिने प्रहरी नायब उपरिक्षक कार्कीले बताए । दुर्घटना गराउने ट्र्याक्टरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।