अहंको हिंसा

अहंको हिंसा

 

सडकमा अनियन्त्रित गतिका कारणले हुने दुर्घटनामा सर्वसाधारणको मृत्यु भएको खबर सामान्य बनिसकेको छ । तर यदि कुनै सामान्य कुरामा भएको बहस ज्यान लिने हमलामा बदल्छ भने यो केवल अराजकताको विषय मात्रै नभएर साामाजिक दृष्टिकोणबाट पनि चिन्ताको कुरा हो । सडकमा आज यो प्रवृत्ति आमभइसकेको छ कि वाहन चलाएको बेला कुनै अन्य गाडीसँग छोएमा पनि दुई पक्ष यस कुराको ध्यान राख्दैनन् कि उनको आफ्नो जिन्दगीको मूल्य के हो ? देशभर दैनिक औसत तीन या वर्षमा १ हजारभन्दा बढी व्यक्तिले यस्ता घटनामा ज्यान गुमाइरहेका छन् । जसबाट सामान्य चेतनालाई बचाउन सकिन्थ्यो । वर्तमानमा सडकमा व्यक्तिको व्यवहार जसरी परिवर्तन आएको छ र ऊ सानासाना कुरामा ज्यान लिने टकरावमा उत्रन थालेका छन्, यस्ता घटनामा पनि वृद्धि हुन थालेको छ ।

सायद यही कारण हो कि अब यस सवालमा  संसद्मा पनि चिन्ता प्रकट गरिएको छ र देशमा रोडरेजको बढ्दो समस्यासँग सामना गर्नका लागि ठोस कानुनको आवश्यकतामा जोड दिइएको छ । निश्चित रूपमा सडक यातायातको मामिलामा कडा काुननको आधारमा वाहनको गति या ड्राइभिङको तरिका निर्धारित गर्न सकिन्छ । तर रोडरोज वास्तवमा व्यक्तिको व्यवहारसँग जोडिएको विषय हो । जसमा कुनै निकै साना कुरामा पनि मानिस होस गुमाउने गर्छन् र एकअर्कोको ज्यान लिन पनि बाँकी राख्दैनन् । यस्ता कुनै घटनामा भएको मारपिटमा कुनै व्यक्ति नराम्ररी घाइते भएको वा उसको ज्यान गएपछि आमरूपमा दुवै पक्षसँग अफसोच प्रकट गर्नुभन्दा बढी केही बाँकी रहँदैन । कानुनको आधारमा बढीभन्दा बढी दोषविरुद्ध कारबाही चलाउन सकिन्छ । तर यस्तो स्थितिमा ऊभित्र उग्र व्यवहारको एक मनोविज्ञान हुन्छ, जुन समाजमा उसका आसपासको माहौलबाट तयार हुन्छ । कुनै व्यक्तिसँग कार कुनै अन्य वाहन हुनु पहिले नै सामाजिक हैसियतको एक प्रतीक मानिन्छ । श्रेष्ठताको यस ग्रन्थीमा देखिने व्यक्तिको गाडी जति नोक्सान पु¥याउँदैन, त्यसभन्दा बढी उसको अहंलाई चोट पुग्छ र ऊ सीधा हिंसामा उत्रन्छ । यो स्थिति तीव्र गतिले साधन कुदाउँदा पनि पैदा हुन सक्छ ।
लगभग दुई वर्ष पहिले विहारको बोधगयामा खुला सडकमा अगाडि बढ्ने सवालमा राकी यादव नामको युवकले अर्को कारमा बसेका एक युवकलाई गोली प्रहार गरी ज्यान लिएका थिए । त्यस मामिलामा राकी यादवलाई अदालतबाट जन्मकैद सजाय भयो । अथवा काुननले हत्याको अपराधको सजायको फैसला गरिदियो । तर निश्चित रूपमा सडकमा मामुली कुरामा गोली चलाउनु या कसैको हत्या गर्नु व्यक्तिको आफूभित्र लुकेको अहंसँग गाँसिएको विषय हो । यसलाई एकखालको मानसिक बिरामी पनि भन्न सकिन्छ । यसमा गम्भीरतापूर्वक विचार पु¥याउनु आवश्यक छ ।

(भारतबाट प्रकाशित जनसत्ता दैनिकको सम्पादकीयबाट)