विश्व चर्चित बैज्ञानिक स्टिफन हकिङ्गको निधन

काठमाडौं, ३० फागुन । विश्व चर्चित बैज्ञानिक स्टिफन हकिङ्गको बुधबार निधन भएको छ । ७६ वर्षीय हकिङ्गको बेलायतको क्याम्ब्रिजस्थित घरमै निधन भएको हो ।

हकिङका तीन जना छोराछोरी लुसी, रोबर्ट र टिमले विज्ञप्तीमार्फत आफ्ना प्यारा पिताको निधन भएको जानकारी गराएका हुन् । पिताको मृत्युले आफूहरु मर्माहत भएको पनि उनीहरुले विज्ञप्तीमा उल्लेख गरेका छन् । यद्यपि, विज्ञप्तीमो मृत्युको कारणबारे भने खुलाइएको छैन ।

हकिङ्ग लामो समयदेखि विमारी थिए । उनको शरीरको थुप्रै भाग चल्दैनथ्यो ।

स्टीफन हकिङ्गलाई न्युटनपछिका ठूलो वैज्ञानिक मानिन्छन् । ब्याक होल पत्ता लगाएका उनलाई खगोलशास्त्रका चर्चित बैज्ञानिक मानिन्छ ।

हकिङ्गले पारमाणिक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तनले पृथ्वीको आयुमा चुनौति थपिरहेको पटक पटक बताउने गरेका थिए । ‘यसबाट मानवजातिलाई जोगाउने एक मात्र उपाय भनेको अर्को बस्नयोग्य ग्रह पत्ता लगाउनु हो,’ उनले भनेका थिए, ‘मानवताको भविष्यका लागि हामीले अन्तरिक्षमा जाने सिलसिला जारी राख्नुपर्छ । हामी यो संवेदनशील ग्रहमा अर्को एक हजार वर्षभन्दा बढी जीवित रहन सक्नेछैनौं ।’