तिवारीको नेतृत्वमा मकवानपुर मिलन केन्द्र

दोहा ।
साहानिय स्थित अल दोसरी पार्कमा मकवानपुर जिल्लाबाट कतारलाई कर्मभुमीबनाएर बस्नुहुने मकवानपुर जिल्लाबासीहरुको साझा सामाजिक संस्था मकवानपुरे मिलन केन्द्र कतारले सातौं साधारण सभा सम्पन्न गरेको छ । सो अवसरमा बनभोज गरि भब्य रुपमाकार्यक्रम सम्पन्न गरेको छ ।

सभाले रमेश तिवारीको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको थियो । उपाध्यक्ष कृष्ण रुम्बा, सचिब कृष्ण न्यौपाने, सह सचिव सीमा गौतम, कोषाध्यक्ष रामहरी भण्डारी , साथै सदस्यहरुमा शेखर क्षेत्री, गौतम लामा, कृष्ण ढकाल, पुष्पा मोक्तान तामाङ, शान्ति गोले र राजेन्द्र कुमार अधिकारी रहने गरि ११ जनाको कार्यसमिति सर्बसम्मतले चयन गरेको छ ।

कार्यक्रम आयोजक टिमका सुमन श्रेष्ठ, युबराज थापा, रमेश तिवारी, रामहरी भण्डारी, कृष्ण न्यौपाने, कृष्ण ढकाल ,कृष्ण रुम्बा ,राजेन्द्र राजअधिकारी, नारायण श्रेष्ठ, सीमा गौतम, सरोज पुडासैनी लगायतका आयोजकहरुको मुख्य अगुवाई माकार्यक्रम सफलता पुर्वक सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष मिलनध्ज रानाले गर्नु भएको थियो । भने प्रमुख अतिथिमा गैरआवासीय नेपाली संघ आइसिसिका पुर्ब उपाध्यक्ष एबम समाजसेवी सागर नेपाल हुनुहुन्थ्यो । साथै बिशेष अतिथिहरुमा प्रो. रामजान अलिमिया, एनआरएनए कतारका महासचिव बुधबल गुरुङ, तथाप्रदेश न ३ कतारका संयोजक नन्द प्रसाद ढुङ्गाना हुनुहुन्थ्यो ।

विभिन्न संस्थाहरुका प्रतिनिधिहरुलाई अतिथिको रुपमा आसन ग्रहण गराइएको थियो । नेपाली राष्ट्रिय गानबाट कार्यक्रम सुरुवाती गरिएको उक्तकार्यक्रममा स्वागतमन्तव्य संस्थाका पूर्व अध्यक्ष सरोज पुडासैनीले दिनु भएको थियो । कार्यक्रमको सन्चालन युबराज थापाले गर्नुभएको थियो ।

कार्यक्रममा आफ्नो स्वागतमन्तव्य राख्ने सिलसिलामा विभिन्न संस्थाका प्रतिनिधि एबम प्रमुखहरुले कार्यक्रम भब्य र शब्यभएको साथै मकवानपुरे मिलन केन्द्र कतारमा स्थापित सामाजिक संस्थाहरुमा सक्रियताका साथ अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको थियो । सागर नेपाल, नन्द प्रसाद ढुङ्गाना, बुधबल गुरुङ, प्रो. रमजानअलिमिया, मोहम्मदआयुबहक, अब्दुलमिया र केदार भुसाल लगायतका अतिथिहरुले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

साँस्कृतिक कार्यक्रमले उपस्थितहरुमा मनोरञ्जन दिएको थियो । हाँस्यबिदा, नृत्य एबम गीतहरुले कार्यक्रमको शोभा बढाएको थियो । साथै औपचारिक कार्यक्रमपश्चात् केही समय खानपिनका लागि समय छुटाइए सँगै संस्थाको बन्द सत्र र नयाँ कार्यसमिति चयन प्रक्रिया अगाडी बढाइएको थियो । पुरानो कार्यसमितिलाई बिधिबत रुपमा भङ्गगरि नयाँकार्य समिति निर्बिरोध रुपमा चयनगरिएको थियो ।
निर्वाचित समितिलाई पुर्ब अध्यक्ष सरोज पुडासैनी र निबर्तमान अध्यक्ष मिलनध्वज रानाले बधाई दिएकाथिए । नबनिर्बा्चितकार्यसमितिकाअध्यक्ष रमेश तिवारीले मन्तब्य दिदै आगामीदिनहरुमामकवानपुरेको हकहितकालागिआफ्नो तन, मन र बचनले कामगर्नुका साथै कतारमा स्थापित सामाजिक संघ संस्थासँग राम्रो समन्वय गर्ने बताउनु भयो ।
आयोजक टिमले समाजसेवी सागर नेपाल र श्रीमतीनानू नेपाल, सरोज पुडासैनी र श्रीमती सम्झना उप्रेती, प्रो .रामजन अलिमिया, मिलनध्वज राना, नारायण श्रेष्ठ, दिनेश थापा मगर, सुबास राई, तथा उत्तम गुरुङलाई कदर पत्र सहित दोसल्लाओढाई वहाहरूको समाजतथा संस्था प्रतिको योगदानको लागि सम्मान गरेको थियो ।
उक्त सातौ साधारण सभामाउपस्थितजनाउनुहुने प्रमुखअतिथि, विशेष अतिथिहरु, अतिथिहरु, कलाकारहरु, पत्रकारहरु, जिल्लाबासी एबम गैर जिल्लाबासीहरु प्रति आयोजक संस्थाले हार्दिक आभार सहितबिशेष धन्यवादब्यक्त गरेको छ ।