नबिल इन्भेस्टमेन्टको सीईओमा श्रेष्ठ

काठमाडौं / रास– नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सबिरबादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको गत १३ चैतमा बसेको ६८औं सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । विगत दुई वर्षदेखि उनी नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडमा प्रमुख इन्भेस्टमेन्ट बैंकिङको जिम्मेवारीमा रहेका थिए ।