एनआईसी एसिया बैंकको शाखारहित बैंकिङ सेवा

काठमाडौं / रास– एनआईसी एसिया बैंकले इलामको घट्टाबजार गोदकमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकका १९० एटीएमसहित मुलुककै सबैभन्दा बढी एटीएम सञ्जाल भएको बैंकसमेत बनेको बैंकले जनाएको छ ।

समग्रमा यस बैंक चारवटा एक्सटेन्सन काउन्टर, चारवटा शाखारहित बैंकिङ युनिट र कुल ५ हजारभन्दा बढी रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्ष एवं अप्रत्यक्ष) गरी ५ हजार ३८५ भन्दा बढी भौतिक सञ्जालमार्फत बैंकिङ सेवा प्रदान गरेको बैंकले जनाएको छ ।