जनता बैंकका आठ नयाँ शाखा

काठमाडौं / रास– जनता बैंकले एकैसाथ आठवटा शाखा विस्तार गरेको छ । बैंकले पाल्पाको रामपुर कैलालीको टीकापुर, स्याङ्जाको वालिङ, काठमाडौंको महाराजगन्ज, ललितपुरको ग्वार्को, रूपन्देहीको तिलोतमालगायतका स्थानमा शाखा सञ्चालन गरेको छ ।

त्यसैगरी, नवलपरासी दुम्किवास, बर्दियाको भुरीगाउँलगायतका स्थानमा बैंकले नयाँ शाखा विस्तार गरेको सो बैंकले जनाएको छ । यी नयाँ शाखा सञ्चालनसँगै यस बैंकका शाखा संख्या १०६ पुगेको छ । बैंकको हाल ५३ अर्ब २४ करोड निक्षेप र ४९ अर्ब ८२ करोड कर्जा कारोबार रहेको छ । बैंकले आव ०७३÷७४ को मुनाफाबाट बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी ८ अर्ब ७ लाख पुगेको छ ।