पर्यटनमन्त्रीको सयदिने कार्ययोजना आन्तरिक उडान काभ्रेको ठूलीचौरमा पु¥याइने

राजधानी समाचारदाता / काठमाडौं

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थल सुधारको योजना अघि सारेका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा आफ्नो सयदिने भावी कार्ययोजना सार्वजनिक गर्ने क्रममा मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि यस्तो योजना अघि सारेका हुन । उनको यस सयदिने कार्ययोजनामा अन्तर्राष्ट्रिय विमानस्थल सुधारलाई विशेष प्राथमिकतामा राखिएको छ । उनले यस विमानस्थल माथिको आकाशमा हाल जारी रहेको एयर ट्राफिकिङको समस्या समाधान गरी त्रिवि अन्तर्राष्ट्रिय विमानस्थललाई २१ घन्टा सञ्चालन गराउने प्रतिबद्धतासमेत जनाएका छन् । उनले भने, ‘ यो आगामी सयदिने कार्ययोजना पर्यटनमन्त्रीको व्यक्तिगत मात्र नभएर यस मन्त्रालय मातहतका सम्पूर्ण विभागीय कर्मचारीबीच भएको व्यापक छलफलपछि बाहिर ल्याइएको हो ।’

उनले अहिले मुलुकले चाहेको आर्थिक समृद्धिको लक्ष्य प्राप्तिका लागि त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको अर्को समस्या यात्रुले आफ्नो लगेज लिनका लागि पनि घन्टौंसम्म कुर्नुपर्ने बाध्यतालाई पछि छिटै अन्त्य गरिने दाबी गरे । उनले सयदिनभित्र अन्तर्र्रािष्ट्रय उडानबाट आएका हवाई यात्रुहरूले एक घन्टाभित्र आफ्नो लगेज पाउने व्यवस्था मिलाउने दाबी गरे । यसैगरी, अन्तर्र्रािष्ट्रय टर्मिनलमा सेन्ट्रल एसी सिस्टम र आन्तरिकतर्फ पनि एसीको व्यवस्था गरिने जानकारी गराउँदै उनले आन्तरिक उडानलाई त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलबाट छुट्टै ठाउँमा सार्नका लागि काभ्रेको ठूलीचौरलगायत अन्य विभिन्न स्थानमा सम्भाव्यता अध्ययन सुरु गर्ने योजना पनि अघि सारिएको बताए ।

यसैगरी, ६ वटा ट्विनअटर विमान खरिद गर्ने योजना अघि सारेका छन् । उनले आगामी तीन महिनाभित्र विमान खरिद प्रक्रिया सुरु गर्न सैद्धान्तिक निर्णय गराउने बताए । आन्तरिक उडानलाई थप विस्तार गर्न नेपाल वायुसेवा निगमले विमान खरिद पर्ने उनले बताए । साथै हाल निगमसँग रहेको आठमध्ये ६ वटा विमान आन्तरिक उडानका लागि उपयुक्त रहेको भन्दै उनले अधिकतम क्षमताका साथ उडान गर्ने बताए । मन्त्री अधिकारीले पर्यटन विकाससँगै आर्थिक विकासका लागि भन्दै वाम गठबन्धनको नयाँ सरकारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हालेर आफूले यस मन्त्रालयको जिम्मेवारी पाएको दिनदेखि आगामी सय दिनभित्रमा कुल ११० वटा काम गर्ने उद्घोष गरेका हुन् । शुक्रबार पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै उनले पर्यटन प्रवद्र्धनका लागि विभिन्न १८ क्षेत्रमा ११० काम गर्ने सय दिनको कार्ययोजना सार्वजनिक गरेका हुन् । अन्तर्राष्ट्रिय विमानस्थलको सुधारदेखि हरेक प्रदेशमा एक÷एकवटा पर्यटकीय गन्तव्यको पहिचान गर्ने महŒवाकांक्षी योजना सार्वजनिक गरे । यसैगरी, उनले हवाई उडान तालिका वितरणका वैज्ञानिक मापदण्ड लागू गर्ने घोषणा पनि गरेका छन् । यसैगरी, उनले निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पारितदेखि कोरियन एलएमबब्लूले तयार गरेको निजगढ विमानस्थल निर्माणको विस्तृत अध्ययन प्रतिवेदन खरिदमा रहेको विवाद मिलाउने उनको प्रतिबद्धता छ ।

यसैगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ४० प्रतिशत सक्ने र पोखरा क्षेत्रीय विमानस्थलको डिजाइन रिभ्यु र सुपरिभिजन परामर्शदाता नियुक्ति गर्ने घोषणमा उल्लेख छ । यसैगरी, पुशपतिनाथ मन्दिरको ऐतिहासिक, पुराताŒिवक र पौराणिक झल्को दिने वृतचित्र निर्माणदेखि लुम्बिनी दिवस तथा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी गर्ने अधिकारीको प्रतिबद्धता छ ।

यसैगरी पाल्पाको रानी महल र भैरवस्थान सत्तल, पचलीस्थित इन्द्र भक्तेश्वर सत्तल, सुनसरीको रामधुनी पोखरी, ललितपुरको रुद्रायणी पाटीलगायतको संरक्षण सम्पन्न गर्ने उनको घोषणापत्रमा उल्लेख छ । उनले सय दिनमै पर्यटकीय तथ्यांक सेयरिङ सञ्जाल, स्थल मार्गबाट आउने पर्यटकको एकिन, टुरिजम स्याटलाइट एकाउन्ट प्रणालीको विकास गर्ने प्रतिबद्धता सार्वजनिक गरे । त्यसैगरी, होटल, रिसोर्ट , रेस्टुरा होमस्टे तथा आवासीय प्रबन्धमा अनलाइन बुकिङ प्रणाली विकास गर्दै नयाँ मापदण्ड ल्याउने रहेको छ । जसका लागि सातै प्रदेशमा एक÷एकवटा नमुना पर्यटकीय गन्तव्य विकासका लागि डीपीआर तयार गर्ने उनको योजना छ । जसमा इलामको सन्दकपुर, धनुषाधाम, मकवानपुर इन्द्रसरोवर, प्रदेश चारको पञ्चासे, प्रदेश पाँचको देवदह, रारा र कैलाली भादगाउँ रहेको छ ।

सैलुङ भ्युटावर निर्माण, गुरिल्ला टे«ल र यार्सा टे«ल १०÷१० किलोमिटर पदयात्रामार्गको निर्माण सम्पन्न गर्ने र ग्रेट हिमालय टे«ल निर्माणसमेत उनको भावी योजनामा उल्लेख छ ।

सातै प्रदेशको पर्यटन भल्कने भिडियो बनाउने, अपाङ पत्रमार्ग निर्माण, पर्यटन बोर्डको वेवसाइट चिनियाँ भाषामा समेत चलाउने, अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालको कला, संस्कृति र पर्यटकीय गन्तव्य झल्कने पाँचवटा ठूला विद्युतीय डिस्प्ले राख्ने, अन्तर्राष्ट्रिय सञ्चार माध्यममार्फत पर्यटनको प्रवद्र्धन गर्ने मन्त्री अधिकारीको योजनामा उल्लेख छ । यसैगरी, उनले नेपाल एभिएस सेफ्टी प्लान तर्जुमा गर्ने र सन् २०१० देखि २०१७ सम्म भएका विभिन्न विमान दुर्घटना जाँच प्रतिवेदनको प्रभावकारी कार्यान्वयन गराउने प्रतिबद्धता जनाएका छन् ।