असिनाले अधिकांश बाली नष्ट

राजधानी संवाददाता / सर्लाही

शुक्रबार बिहान अचानक परेको असिनापानीले सर्लाहीको दक्षिणी क्षेत्रको गहुँ, दाल, आँप खेतीमा गम्भीर क्षति पु¥याएको छ । घर भिœयाउने समयमा असिना पर्दा गहुँबाली र दाललगायत बाली नष्ट भएपछि किसान चिन्तित भएका छन् ।

असिनाले सर्लाहीको दक्षिणी क्षेत्रको बलरा, अचलगढ, मिर्जापुर, छतौना, गडहिया डुमरिया, हथिऔललगायतको क्षेत्रमा नराम्रो असर गरेको बलराका प्रमुख अभयकुमार सिंहले बताए । बिहान साढे ८ बजेपछि करिब ३५ मिनेटसम्म परेको असिनाले गहुँ, मुसुरो, आँप, प्याज तथा लसुनलगायतका बालीमा क्षति पु¥याएको हो ।

घर भिœयाउने बेलामा असिना पानीले बालीनाली नष्ट गरेको बलरा नगरपालिका–३ का कृषक कुवेर शाहले गुनासो गरे । ‘गहुँ पाकेर घर भिœयाउने अवस्थामा थियो । दुई–चार दिनमा गहुँ काटेर घरमा ल्याउने सोचमा थिएँ, अचानक असिना आउँदा सबै बाली नष्ट भएको छ,’ शाहले भने, ‘गहुँ पुरै झरेर गएको छ, अब बचेको पनि पानीले सडेर जान्छ, असिनासँगै आएको पानीले खेतमा लागेको मुसुरो पुरै हिलाम्य बनेको छ, खेत नसुकेसम्म काट्न मिल्दैन, वर्षभरिको लगानी खेर गयो ।’

बलरा–३ का टीकाराम चौधरीले बिहानको असिना पानीले आँपका चिचिला झार्दा आफू बिचल्ली भएको बताए । ‘६५ हजारमा २५ वटा आँपका रूख भाडामा लिएका थियौं, चौधरीले भने, ‘असिनाले चिचिला झार्दा अब लगानी उठ्दैन ।’ यस वर्ष राम्रो आँप फलेको थियो । आम्दानी राम्रो हुन्छ भन्दै किसानले ठूलो लगानी गरिरहेका थिए । खेतमा लगाएको एक बिघाजतिको गहुँ पनि झरेर गएको उनले गुनासो गरे । मुसुरोको हालत पनि त्यस्तै रहेको चौधरीले दुखेसो पोखे । उनले भने, ‘अब कसरी गुजार गर्ने ? बिहानै असिना पर्दा काम गर्न खेतमा पुगेका कतिपय किसानको टाउकोसमेत फुटेको छ । बाहिर रहेका चौपायालाई पनि असिनाले नराम्ररी चुटेको छ । सुरुमा सानासाना असिना परेका थिए । पछि ठुल्ठूला पर्दाबाहिर रहेका गाडीको समेत सिसा फुटेको छ । बाहिर रहेका प्लास्टिकका भाँडा एउटा पनि प्रयोग गर्न नमिल्ने भएका छन् । कच्ची घरका छानाबाट असिना छिरेर घर नै भरिएका छन् ।