कर्तव्य अधिकार अभियान सुरु

राजधानी समाचारदाता / काठमाडौं

कांग्रेस नेता गगन थापाले ‘म बन्छु जिम्मेवार ः कर्तव्यसँगै अधिकार’ अभियान सुरु गरेका छन् ।काठमाडौं क्षेत्र ४ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित थापाले आफ्नो क्षेत्रबाट नयाँ वर्षको पहिलो दिनबाटै प्रत्येक नागरिक प्रतिबद्धतासहित आफ्नो कर्तव्य र अधिकारमा जिम्मेवार बन्नुपर्ने सन्देश दिएका हुन् ।

अभियान शताब्दी पुरुष सत्यमोहन जोशीले शनिबार औपचारिक रूपमा गरेका छन् । सबै नागरिक अधिकारप्रति जिम्मेवार हुँदा देशप्रतिको कर्तव्यतर्फ पनि ध्यान दिन उनले सबैलाई आग्रह गरे ।

‘अधिकारमा मात्र होइन, कर्तव्यमा पनि सबैले ध्यान दिनुपर्छ, आजबाटै सबैले अधिकारसँगै आफ्नो कर्तव्यमा पनि ध्यान दिन सुरु गरौं,’ संस्कृतिविद् जोशीले भने ।

कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री थापाले वर्ष २०७५ लाई ‘कर्तव्य वर्ष’ बनाउन आग्रह गरे । ‘अधिकार माग्दा कर्तव्य पनि बुझौं, केही लि“दा केही दिने प्रवृति सुरुवात वर्ष २०७५ बाट सुरु गरौं,’ उनले भने ।

अभियानअन्तर्गत वर्षभर काठमाडौं क्षेत्र ४ मा ‘हरेक महिना एक बिहान, समुदायको लागि श्रमदान’ कार्यक्रम गरिने जनाइएको छ । शनिबार भने ज्ञानेश्वरदेखि चाबहिलसम्म बृहत् सरसफाइ कार्यक्रम गरियो । कार्यक्रममा विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्थाका प्रतिनिधिसँगै स्थानीय सहभागी थिए ।