रारामा प्रधानमन्त्रीको सम्बोधन, अन्तर्राष्ट्रिय समुदायलाई लगानी आह्वान

राजधानी संवाददाता / रारा (मुगु)

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माण महाअभियानको घोषणा गर्दैै अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् ।मुलुककै दुर्गम कर्णालीको रारा तालबाट देशवासीका नाममा सम्बोधन गर्दै उनले ढुक्कसँग लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आह्वान गरेका हुन् ।‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई साकार पार्न महाअभियानको घोषणा गर्दै प्रधानमन्त्री ओलीले लगानी र मुनाफाको सुरक्षा ज्ञारेन्टी सरकारले गर्ने घोषणा गरेका छन् ।

नयाँ वर्ष २०७५ सालको पहिलो दिन रारा पुगेर सम्बोधन गरेका प्रधानमन्त्रीले पारदर्शी कर, श्रमिकको हित र वातावरणीय पक्षप्रति संवेदनशील हुँदै समृद्ध नेपाल निर्माणको महाअभियानमा जुट्न आह्वान गरेका हुन् ।

सन् २०२२ सम्ममा नेपाललाई अति अल्पविकसित अवस्थाबाट स्तरोन्नत गर्दै र सन् २०३० सम्ममा दिगो विकास लक्ष्यका १७ लक्ष्य तथा १६९ सहायक लक्ष्यका प्रतिबद्धतालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको उनले जनाएका छन् ।

                सार्वजनिक–निजी साझेदारीको उद्घोष

     औद्योगिक विकासका लागि विशेष आर्थिक क्षेत्र र विशेष औद्योगिक क्षेत्र

     राष्ट्रिय अर्थतन्त्रको महŒवपूर्ण अंग ः निजी क्षेत्र र सहकारी

     बेरोजगारी अन्त्यका लागि राष्ट्रिय अभियान सञ्चालन

     कृषि उत्पादकत्व पाँच वर्षभित्र चारगुणाले वृद्धि

     तराई–मधेसको गरिबी, अभाव र अविकास हटाउने

 सन् २०३० सम्ममा दिगो विकासका १७ लक्ष्य तथा १६९ सहायक लक्ष्य पूरा गर्ने

     समृद्धिका आधार ः राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, समानता, सामाजिक सद्भाव, राष्ट्रिय एकता, शान्ति र स्थायित्व

आफ्नो प्रतिबद्धता कतिपयलाई महŒवाकांक्षी लाग्न सक्ने बताउँदै उनले उच्च आकांक्षा नलिई, जोखिम नमोली तथा नयाँ नीति, संरचना र शैलीको अवलम्बन नगरी राष्ट्रले समृद्धिको मार्गमा फड्को मार्न नसक्ने बताए ।विकासका गतिलाई योजनाबद्ध ढंगले अघि बढाउन सरकार प्रतिबद्ध रहेको दोहो¥याउँदै प्रधानमन्त्री ओलीले यसका लागि देशभित्रको प्राकृतिक र मानव स्रोत, पुँजी र सीप परिचालन गर्न सबै सामथ्र्यका साथ सरकार केन्द्रित हुने उद्घोष गरे । राष्ट्रिय अर्थतन्त्रको महŒवपूर्ण अंगका रूपमा निजी क्षेत्रलाई सहभागी बनाउँदै लगानीमैत्री वातावरण, श्रम सम्बन्ध र लगानी तथा मुनाफाको सुरक्षाको प्रत्याभूति सरकारले गर्ने उनको घोषणा छ ।
समृद्धिका लागि सहकारीले उत्पादनको ढाँचा र उत्पादन सम्बन्धको परिवर्तन तथा आधुनिकीकरणको वाहकको भूमिका खेल्नुपर्ने औंल्याउँदै उनले सहकारीलाई समाजवादउन्मुख अर्थतन्त्रको महŒवपूर्ण आधारका रूपमा लिइने घोषणा गरे ।
प्रधानमन्त्रीले सार्वजनिक–निजी साझेदारीलाई महŒवका साथ अघि बढाउने बताउँदै उनले यस प्रसंगमा सरकार एक्लै काफी छ भन्ने घमण्ड नगरी छिमेकी तथा अन्तर्राष्ट्रिय समुदाय, वैदेशिक लगानीकर्ताहरू तथा वित्तीय संस्थाहरूसँग हातेमालो गर्ने प्रतिबद्धता जनाए ।
आन्तरिक र बाह्य लगानीमा सन्तुलनको नीतिसहित लगानीको सुरक्षा लगानीमैत्री वातावरण निर्माण तथा मुनाफाको व्यवस्थापनलगायतमा प्रचलित व्यवस्थालाई सहज र छरितो बनाउने उनले बताए । औद्योगिक विकासका लागि आवश्यक विशेष आर्थिक क्षेत्र र विशेष औद्योगिक क्षेत्र निर्माणमा गरिने उनको सम्बोधनमा उल्लेख छ ।

सरकारका काम लोकतन्त्र मानवअधिकार र खुला समाजको अवधारणाबाट निर्देशित हुने बताउँदै सरकारका कार्यक्रमहरू संघीय लोकतान्त्रिक गणतन्त्रलाई जरैसम्म सुदृढ गर्ने दिशामा लक्षित हुने बताए ।
प्रदेश र स्थानीय तहहरूलाई सक्षम, सुदृढ र आत्मनिर्भर बनाउन विशेष भूमिका खेल्नुका साथै सहकारिता, समन्वय र एकताको आधारमा संघ, प्रदेश र स्थानीय तहको सर्वाङ्गीण विकास गरिने जनाएका छन् । उनले निश्चित समयावधिभित्र सबै नागरिकलाई बेरोजगारीको अवस्थाबाट मुक्त गर्न सशक्त राष्ट्रिय अभियान सरकारले सञ्चालन गर्ने बताए । सबै बालबालिकालाई शिक्षाको अधिकार सुनिश्चित गर्न सबैले सहजकर्ताको भूमिका निर्वाह गर्दै विद्यार्थी भर्ना अभियान सुरु गर्नुपर्ने उनको भनाइ छ । वर्तमान सरकार भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन ढंगले प्रस्तुत हुनेसमेत उनले घोषणा गरे ।
लोकतन्त्रको आवरणमा हुने अराजकता र ‘साहेब’को छायामा लुकेर शासन सत्तामा हैकम जमाउन खोज्ने नक्कली शासकहरूको रजगज अन्त्य गरिने घोषणामा उल्लेख छ । ‘लाइन’मा उभिने हरेक व्यक्तिले ‘मेरो पालो पक्कै आउँछ’ भन्ने विश्वास जगाउनेगरी यो सरकारले लोकतान्त्रिक प्रणालीप्रति जनताको विश्वास जगाउन हदैसम्मको प्रयास गर्छ,’ सम्बोधनका क्रममा उनले भने । सन्तुलनका मान्यताहरूलाई मूर्तरूप दिन शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायपालिका, कानुनी राज र कानुनका नजरमा सबै बराबर छन् भन्ने मान्यता स्थापित गरिने घोषणामा उल्लेख छ ।
अन्तरनिर्भरता र व्यापारको विविधीकरणमार्फत मुलुकलाई आर्थिक रूपले आत्मनिर्भर बनाउन सरकार केन्द्रित हुने बताउँदै उनले सामन्ती शोषणका सबै अवशेषको अन्त्य गर्ने उद्घोष गरे ।

‘उत्पादक शक्ति, उत्पादकत्व एवं उत्पादनमा वृद्धि, सामाजिक न्याय एवं न्यायोचित वितरणसहितको आर्थिक समृद्धि, गरिबी, बेरोजगारी, असमानता एवं परनिर्भरताको अन्त्य र समाजवाद उन्मुख राष्ट्रिय औद्योगिक आर्थिक क्रान्तिका नीतिले सरकारलाई मार्ग निर्देशन गर्नेछ,’ उनले भने । राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा राष्ट्रिय एकता, शान्ति तथा स्थायित्व र विकास तथा समृद्धिलाई सरकारले आफ्नोे कामको आधारका रूपमा अपनाउने उनले घोषणा गरे । उनले कृषिमा निर्भर दुई तिहाइ जनसंख्यालाई पाँच वर्षभित्र २५ प्रतिशतमा सीमित गर्ने र कृषि उत्पादकत्व पाँच वर्षभित्र चारगुणाले वृद्धि गर्ने घोषणा गरेका छन् ।
कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्दै कृषिलाई सम्मानित पेसा र किसानहरूलाई सम्मानित नागरिकका रूपमा अघि बढाउने कार्यक्रमहरू सरकारको नीति तथा कार्यक्रममा विस्तृत रूपमा चर्चा गरिने उनले बताए । पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माणमा सरकार लाग्ने तथा नेपालका पर्यटकीय सम्पदा र गन्तव्यहरूको प्रचार–प्रसार, बजार प्रवद्र्धन र पर्यटकीय सम्पदाको संरक्षण र सौन्दर्यमा विशेष ध्यान दिने उनको भनाइ छ ।
शिक्षालाई आर्थिक विकास र समृद्धिसँग आबद्ध गर्दै यसका लागि आवश्यक दक्ष जनशक्ति निर्माण गर्न तथा युवाहरूलाई आत्मनिर्भर एवं प्रतिस्पर्धी क्षमतायुक्त बनाउन पुनःसंरचना गरिने सम्बोधनमा उल्लेख छ ।
स्वास्थ्य शिक्षालाई नाफा कमाउने माध्यम बनाउन निरुत्साही गरिने तथा भूकम्पपीडित, बाढीपहिरोप्रभावित र घरबारविहीनका लागि आवासको हक सुनिश्चित गर्दै क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणलाई तीव्रता दिइने उनले घोषणा गरे । सामाजिक क्षेत्रमा व्याप्त बालविवाह, बहुविवाहलाई पूर्णता निषेध गरी जातीय भेदभाव तथा छुवाछूत पूर्ण रूपमा उन्मूलन गरिनुका साथै तराई–मधेसमा व्याप्त गरिबी, अभाव र अविकासको समस्यालाई सम्बोधन गरिने उनको सम्बोधनमा उल्लेख छ ।