कर्मचारी खटाएको स्थानमै जानुपर्छ : मन्त्री पण्डित

काठमाडौं / रासस– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले सरकारले खटाएको स्थानमा गएर सेवा गर्नुपर्ने  बताएका छन् ।

राजधानीमा आइतबार आयोजित साक्षात्कारमा उनले नयाँ संरचनाअनुसार भइरहेका कर्मचारीलाई सरकारले आवश्यकताका आधारमा तीनै तहमा व्यवस्थापन गर्नसक्ने बताएका हुन् ।

कर्मचारी कम भएको हुँदा अहिले सरकारले स्वैच्छिक अवकाशको निर्णय स्थगन गरेको बताउँदै उनले भने, ‘अर्को निर्णय नभएसम्म स्वैच्छिक अवकाश दिने निर्णय स्थगन भएको छ । सरकारले खटाएको ठाउँमा उनीहरू जानैपर्छ, नभए अवकाश लिने निर्णय गर्नुपर्छ ।’

प्रादेशिक लोक सेवा आयोग गठनपछि सम्बन्धित प्रदेशले कर्मचारी व्यवस्थापन गर्ने मन्त्री पण्डितको भनाइ थियो । उनले राजनीतिक संक्रमणकाल सकिएर अहिले प्रशासनिक संक्रमणकाल सुरु भएको जानकारी दिँदै संक्रमणकाल पार लगाउन कर्मचारीको महŒवपूर्ण भूमिका हुनेमा जोड दिए ।

कांग्रेस नेता डा. नारायण खड्काले राजनीतिक स्थायित्वका लागि आर्थिक, सामाजिक, कूटनीतिकलगायत पक्ष सन्तुलित हुनुपर्ने बताएका छन् ।