गौर र गडीमाईमा आगलागी

रौतहट / रास– गडीमाई नगरपालिका र गौर नगरपालिकामा आइतबार भएको आगलगीले लाखौंको धनमाल नष्ट भएको छ । गौर नगरपालिका–१ स्थित एक होटलमा आगलागी भएको छ भने गढीमाई नगरपालिका–४ स्थित एक सख्खर उद्योगमा आगलागी भएको छ ।

मदिरा व्यवसाय गर्दै आएका राजिन्द्र दास, सुधा देवी, सन्तलाल जैयसवाल, र आकाश महतोको होटलमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट उनीहरूको होटलको सबै सम्पत्ति नष्ट भएको  स्थानीयले बताएका छन् । आगलागीबाट करिब ४ लाखको क्षति भएको प्रहरीको अनुमान छ । यता गढीमाई नगरपालिका–४ सुन्दरपुरस्थित कृष्णनन्दन चौधरीको राहुल गुँढ (सख्खर) उद्योगमा आगलागी हुँदा ५ लाख बराबरको धनमाल नष्ट भएको उद्योगले जनाएको छ ।